विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप जारी

सदरलाइन संवाददाता २८ असार २०८१, बिहीबार १७:४८
 

काठमाडौं :  नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।


नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यहि असार २८ गते विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्रीले प्रस्तुत गर्ने प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न व्हिप जारी गरेकोे नेपाली काँग्रेसले जनाएको छ ।

नेकपा एमालेले यस अघि नै अनिवार्य उपस्थित भएर विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्रपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

२८ असार २०८१, बिहीबार १७:४८
काठमाडौँ :  राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्रीले भोलि संसदमा माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी […]