सदरलाइनडटकम,
कालिकोट : भालुको आक्रमणबाट कालिकोटमा एक जना गम्भीर घाईते भएका छन् । आक्रमणबाट नरहरिनाथ गाउँपालिका ९ लालु गडिगाउँका कर्णबिर शाही गम्भीर घाईते भएका हन् । आइतवार बेलुका मकै बारी गएको बेला शाहीलाई भालुले आक्रमण गरेको हो ।
भालुले आक्रमण गरी गम्भीर घाईते भएका शाहीका सुर्खेतमा थप उपचार भईरहेको वडाध्यक्ष जोरबहादुर शाहीले बताए । ‘शाहीलाई गाउँमानै भालुले आक्रमण गरेको हो ।’ उनले भने,‘शाहीको अवस्था गम्भीर छ । थप उपचारका लागि सुर्खेत लगिएको छ ।’
गाउँमा नै भालु पसेको कारण गाउँलेहरु त्रसित भएको वडाध्यक्ष शाहीले बताए । ‘गाउँमा मकै प्रसस्त हुन्छ । मकै खान भालु गाउँमा पसेको हुनुपर्छ ।’ उनले भने,‘अहिले गाउँलेहरु निकै त्रसित भएका छन् ।’
Next Post
विद्यार्थीसँग दश हजार घुस लिने शिक्षक पक्राउ
२७ श्रावण २०७६, सोमबार १७:४६
सम्बन्धित
-
२० पुष २०७६, आईतवार १६:१६
गृहकार्य नगरेको भन्दै विद्यार्थीमाथि कुटपिट
-
२७ आश्विन २०७५, शनिबार २२:०९
डुडुवाको छग्रहवामा जिल्लास्तरिय खुल्ला फुटबल प्रतियोगिता शुरु
-
१७ जेष्ठ २०७४, बुधबार २०:०७
क्षेत्रस्तरीय प्रतिभा पहिचान कार्यक्रम जयबागेश्वरी माविमा सम्पन्न
-
२८ बैशाख २०८०, बिहीबार १३:०३
दैलेख आगलागी अपडेट : घाइते विकको मृत्यु
-
४ भाद्र २०८०, सोमबार १४:५४
कोहलपुर नगरपालिकाले पशुलाई सुत्केरी भत्ता दिने
-
२ फाल्गुन २०८०, बुधबार १४:३२
नेपालगञ्ज नाकाबाट जडीबुटी निकासीमा छत्तिस प्रतिशतले वृद्धि