ताइवानमाथि चीनले बलजफ्ती गरे सैन्य कदम चाल्ने अमेरिकाको चेतावनी

सदरलाइन संवाददाता २२ आश्विन २०७८, शुक्रबार १३:१७
 

काठमाण्डौ : अमेरिकाले चीन र ताइवानबीच बढ्दो तनावप्रति चासो व्यक्त गरेको छ । ताइवानको आकाश र आसपासको समुद्री क्षेत्रमा बढ्दो चीनको सैन्य प्रभावलाई लिएर अमेरिकाले चासो व्यक्त गरेको हो ।

चीनले लगातार चार दिनसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौँ फाइटर जेट उडाएपछि ताइवानले विरोध जनाइरहेको छ । ताइवानले आफूलाई स्वतन्त्र देश बताउँदै आएको छ ।


तर चीनले भने ताइवानलाई बृहद चिनको एक महत्त्वपूर्ण अङ्ग मान्दै आएको छ । ताइवानमाथि चीनको थिचोमिचो बढ्दै गए आफूहरुले पनि सैन्य कदम चाल्न बाध्य हुने दिन आउन सक्ने अमेरिकाले चेतावनी दिएको बीबीसीको खबरमा उल्लेख छ ।

चीन र ताइवानबीच सन् १९४९ देखि विवाद चल्दै आएको छ । विश्वका १५ देशले मात्र ताइवानलाई स्वतन्त्र राष्ट्र मान्छ भने अरु देशहरुले ताइवानलाई चीनको एउटा प्रान्तका रुपमा मान्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतबाट फर्किने नेपालीलाई जमुनाहा नाकामै खोप

२२ आश्विन २०७८, शुक्रबार १३:१७
नेपालगञ्ज : भारतबाट फर्किरहेका नेपालीहरुलाई जमुनाहा नाकामा खोप लगाउन शुरु गरिएको छ । रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाउँमा पुगेका उनीहरु चाडपर्व मनाउन यतिबेला घर फर्किरहेका छन् । उनीहरुलाई खोप लगाएर मात्रै प्रवेश गराउन थालिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । कतिपयले उतै खोप लगाइसकेका छन् […]