२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँकेमा गर्मी बढेपछि तीन दिन विद्यालय बन्द



कोहलपुर (बाँके)  : उखरमाउलो गर्मी बढेपछि बाँकेको कोहलपुरका बिद्यालयमा तीन दिन गर्मी बिदा दिइएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या आएपछि कोहलपुर नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव रामबहादुर हमालले जानकारी दिए ।

जेठ १६ गतेदेखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ । बाँकेको तापक्रम अहिले ४१ डिग्री सेल्सियस माथि पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।

प्रकाशित मिति : २०८१ जेठ १४ गते सोमबार
ताजा समाचार