बाँकेमा खुल्ला साइक्लिङ प्रतियोगिता हुँदै

सदरलाइन संवाददाता २१ चैत्र २०७९, मंगलवार १५:५४
 

कोहलपुर (बाँके) : बाँकेमा पहिलोे पटक खुल्ला साइक्लिङ प्रतियोगिता हुन लागेको छ । ‘स्वस्थ जीवन स्वच्छ वातावरण तथा आन्तरिक पर्यटक प्रबर्धन गरौं’ भन्ने मुल नाराका साथ कोहलपुर देउराली साइक्लिङ क्लबको आयोजनामा बाँकेमा पहिलोे पटक खुल्ला साइक्लिङ प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता नयाँ वर्षको अवसरमा कोहलपुर चौराहदेखि देउरालीसम्म करिब १ सय ५० भन्दा बढि पुरुष र महिलाको सहभागितामा दुई वटा समूहमा खुल्ला साइक्लिङ प्रतियोगिता हुने क्लबका सचिव अमित पाठकले बताए । प्रतियोगितामा बाँकेका सबै पालिकाबाट सहभागि हुनेछन् ।


कोहलपुर नगरपालिका–११ कृषि चोक नजिकै रहेको यति साइकल स्टोरमा आफ्नो टिम दर्ता गराउन सकिनेछ । प्रतियोगितामा भाग लिने व्यक्तिहरुले टिम दर्ता गराउँदा मात्र १ सय रुपैया लाग्नेछ । प्रतियोगिता बाहेक फोन रेसिङ्ग साइक्लिङ समेत गर्न सकिनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दोसो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार पुरस्कार सहित प्रमाण पत्र दिइने सचिव पाठकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा बुधवार कोभिड विरुद्धको बुस्टर खोप लगाइने

२१ चैत्र २०७९, मंगलवार १५:५४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा बुधवार कोभिड १९ विरुद्धको बुस्टर खोप लगाइँदैछ । २३ वटै स्वास्थ्य संस्थाबाट फाइजर बाइभ्यालेन्ट खोप दिन लागिएको हो । कोभिड १९ विरुद्धको पहिलो श्रृंखलाको खोप पूरा गरेको तीन महिला पुगेकोलाई पहिलो बुस्टर र पहिलो बुस्टर मात्रा पूरा गरेको ६ महिना पुगेकोलाई दोस्रो बुस्टर दिने स्वास्थ्य कार्यालय […]