बजेट : दुई लाख व्यक्तिलाई न्यूनतम् सय दिनको रोजगारी

सदरलाइन संवाददाता १५ जेष्ठ २०८१, मंगलवार १६:२१
 

काठमाडौँ : सरकारले आगामी बर्ष करिब दुई लाख व्यक्तिलाई न्यूनतम् सय दिन रोजगारीको ब्यवस्था गर्ने भएको छ । सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरिएको उल्लेख गरेका हुन ।


सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्दै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा गरिएको बताए ।

सार्वजनिक वित्तमा असन्तुलन देखिएको, सार्वजनिक ऋण बढ्दै गएको, पुँजीगत खर्च हुन नसकेको, लक्ष्यअनुसार राजस्व उठ्न नसक्नुलगायत वर्षौंदेखि अर्थतन्त्रमा देखिएका समस्या निराकरणका लागि सुधारका नयाँ कार्यक्रममार्फत समृद्धिको आकांक्षा पूरा गर्ने गरी बजेट ल्याइएको अर्थमन्त्री पुनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिला तथा बालबालिकाको क्षेत्रमा निकै न्यून बजेट : मन्त्री चौधरी

१५ जेष्ठ २०८१, मंगलवार १६:२१
ललितपुर : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्य प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले “हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान” भन्ने नाराका साथ आयोजना गरेको छैटौँ राष्ट्रिय महिला अधिकार दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री […]