मोटरसाइकल पल्टिँदा चालकको मृत्यु, एक जना गम्भीर

सदरलाइन संवाददाता १ कार्तिक २०८०, बुधबार १४:५२
 

नेपालगञ्ज : पश्चिम दाङको शान्तिनगरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिएर गम्भीर घाइते भएका दुई जना मध्य चालकको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार दिउँसो साढे ४ बजजेतिर शान्तिनगर गाउँपालिका ५ रतभटुवास्थित दक्षिणबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ४३२५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई मोटरसाईकल पल्टिएको थियो ।

उक्त मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका ५ रतभटुवा बस्ने १४ वर्षिय सुनिल बिकको उपचारका क्रममा बुधबार बिहान १० बजेतिर नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए ।


त्यस्तै मोटरसाइकलमा सवार शान्तिनगर ५ काशीपुर बस्ने २५ वर्षिय अजय चौधरीको बाँकेमा उपचार भइरहेको प्रहरीले बताएको छ । उनीहरु दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आदेश कार्यान्वयन गर्न उपमहानगरपालिकाको ध्यानाकर्षण

१ कार्तिक २०८०, बुधबार १४:५२
नेपालगञ्ज : अदालतले गरेका आदेश कार्यान्वयन गर्न नेपालगञ्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराइएको छ । उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई विभिन्न सरोकारवाला निकायले बुधबार ध्यानाकर्षण गराएका हुन् । नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, सार्वजनिक सरोकार कानुन ब्यवसायी समुह बाँकेका सचिव बसन्त गौतम, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष […]