सदरलाइनडटकम,
नेपालगञ्ज : वडा प्रहरी कार्यालय नेपालगञ्जले भन्सार छलेर नेपाल भित्र्याएको एकलाख बराबरको लत्ताकपडा नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय पठाएको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका ईन्चार्ज तथा प्रहरी निरिक्षक नारायण डाँगीले दिएको जानकारी अनुसार गस्तीमा निस्केका प्रहरीको टोलीले नेपागञ्ज–२ घरबारीटोलमा सुमित बेहनाको घरमा भाडामा बस्ने ललिता चौधरीको कोठाबाट सो सामान बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको सामानहरुमा लेगिज सुट ५२ पिस २६ हजार, कोटपेन्टको कपडा १२० मिटर ३६ हजार, निलोरङ्गको साडि ५० पिस १५ हजार, ढाकाको कपडा सय मिटर १० हजार, सल ११८ पिस ११ हजार ८ सय र गन्जी ६० पिस ३ हजार गरी १ लाख १ हजार ८ सय बराबरको सामान नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाएको छ ।
Next Post
अठार किलो चरेशसहित बझाङमा दुई पक्राउ
४ आश्विन २०७५, बिहीबार १२:४४
सम्बन्धित
-
२२ असार २०७९, बुधबार १३:३९
नेपालगञ्जमा ठुलो परिमाणमा अवैध छुर्पी बरामद
-
२२ श्रावण २०७७, बिहीबार १७:०८
बाँकेमा एक चिकित्सकसहित थप २८ जनामा कोरोना पुष्टि
-
१३ आश्विन २०७६, सोमबार १५:५९
नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा
-
३ भाद्र २०७८, बिहीबार १५:३४
बाँकेमा बिहीवार ६० जनामा कोरोना पुष्टि
-
१२ माघ २०८०, शुक्रबार १४:४३
नरैनापुरमा सरकारी अनुदानको मल बाटोबाटै गायब
-
३० बैशाख २०७९, शुक्रबार २१:५७
बाँकेमा सर्वदलीय निर्णय अनुसार मतगणनाकाे तयारी