लुम्बिनीका मुख्यमन्त्री चौधरीले बिहिवार विश्वासको मत लिदै

सदरलाइन संवाददाता २० चैत्र २०८०, मंगलवार १२:५४
 

 


दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आगामी चैत २२ गते विश्वासको मत लिने भएका छन् । नयाँ सत्ता समिकरणको कारण माओवादी केन्द्रले सरकार छाडेपछि उनले दोस्रोपटक विश्वासको मत लिन थालेका हुन ।

मंगलबार विहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले विश्वासको मत लिन बिहिवार दिउँसो ४ बजे प्रदेश सभाको बिशेष अधिवेसन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

गत बैशाख १४ मा प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका हुन । त्यस अघि नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित आठ राजनीतिक दलको समर्थनमा एमालेका लिला गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । तर, उनको कार्यकालले एक सय दिन पनि पुरा गर्न पाएन् ।


राजनीतिक समिकरण फेरिएपछी कांग्रेस–माओवादी नेतृत्वमा बनेको गठबन्धन सरकार अघि बढ्यो । पुनः केन्द्रिय राजनीतिमा आएको बदलावका कारण फेरी एमाले–माओवादी सहितको सरकार बन्ने अवस्था देखिएको छ । गत बैशाख १९ मा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका थिए । चौधरीलाई ८७ जना प्रदेश सभा सदस्य मध्य ५३ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा २९ मत परेको थियो ।

वैशाख १४ गते कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यता एमाले–माओवादी दलका नेताहरुले भने मुख्यमन्त्रीले विश्वासको मत पाउन नसक्ने र आफुहरु सहभागी सरकार बनाउने तयारी थालेका छन् ।

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य रहेका छन । बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेससँग २७, राप्रपा संग ४, लोसपा संग ३, जनमत संग ३, जनमोर्चा संग १ जना प्रदेश सभा सदस्य छन् ।

लुम्बिनी प्रदेसमा नयाँ सरकार निर्माणका लागि एमालेसंग २९ माओवादीसंग सभामुख बाहेक १०, जसपा संग ३ र एकीकृत समाजवादी संग एक जना प्रदेश सभा सदस्य छन् । सरकार बनाउन नयाँ गठबन्धनलाई एक जना प्रदेश सभा सदस्य संख्या कमि हुने देखिन्छ । जसका लागि नागरिक उन्मुक्ती पार्टी, जनमत पार्टी र राप्रपा मध्य कुनै एक राजनीतिक दलसंग सहकार्य बढाउनुपर्ने देखिएको हो । नयाँ सरकार गठनका लागि साना दल निर्णायक देखिएका हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगुमा करिव चारदर्जन सामुदायिक वन नविकरण बिनै सञ्चालनमा

२० चैत्र २०८०, मंगलवार १२:५४
मुगु : हिमाली जिल्ला मुगुमा करिव चारदर्जन सामुदायिक वन नविकरण बिनै कार्य सञ्चालनमा रहेका पाईएका छन । मुगु जिल्ला भरी ९५ वटा सामुदायिक वन समुदायमा हस्तान्तण भएका भए पनि ४७ वटा सामुदायिक वन नविकरण बिना कार्य सञ्चालनमा रहेका पाइएको हुन । वि.सं २०५२ सालदेखि विभिन्न मितिमा साविकको जिल्ला वन कार्यालय […]