नेपालगञ्ज : सशस्त्र प्रहरीले भन्सार पास भएर आएकाे मालबाहक ट्कमा कैफियत भएकाे भन्दै नियन्त्रणमा लिएर राजस्व कार्यालय काेहलपुर लेजान खाेजेपछी नेपालगञ्जका व्यवसायीले पुष्पलाल चाेकमा धर्ना दिएका छन् ।
नेपालगञ्ज उधाेग बाणिज्य संघकाे अगुवाइमा भएकाे साे धर्नामा भन्सार भएर आएकाे ट्रकमा कैफियत भए पुनः भन्सार लगेर छानबिन गर्नुपर्ने माग व्यवसायीकाे छ ।
भन्सार भएर आएकाे ट्रकमा कैफियत भएमा व्यावसायीमात्र दाेषी नभई जाँचकी, पासगर्ने कर्मचारी पनि दाेषी हुनेभएकोले पुन भन्सार कार्यालय लगेर जाँच गर्नुपर्ने आफुहरुकाे माग रहेको संघका अध्यक्ष टंक धामीले जानकारी दिए ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लियकाे साे ट्रकमा जाजरकोट भुकम्प पीडितका लागि कम्बल रहेकाे बुझिएकाे छ । साे ट्रक सशस्त्र प्रहरीले काेहलपुर लैजाने र व्यवसायीले पुन भन्सार लैजाने भन्ने विषयमा बिबाद भएपछि पुष्पलाल चाेकमा ट्रक अगाडि धर्नामा बसेका हुन ।