दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई

सदरलाइन संवाददाता २७ कार्तिक २०७९, आईतवार १३:३०
 

दाङ : दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन् । क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको हो ।

क्षेत्र नं १ मा एक सय ५२, क्षेत्र नं २ मा एक सय ४६ र क्षेत्र नं ३ मा एक सय ६७ मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले बताए । त्यस्तै जिल्लामा एक सय ५३ मतदान स्थल छन् ।


जिल्लाका तीन निर्वाचन क्षेत्रमा मात्रै तीन हजार आठ सय बढी कर्मचारी खटिएका छन् भने पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन सामग्रीसमेत जिल्लामा आइसकेको निर्वाचन अधिकारी भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सञ्चारकर्मी उदयराज जैसवालको निधन

२७ कार्तिक २०७९, आईतवार १३:३०
नेपालगञ्ज : सञ्चारकर्मी उदयराज जैसवालको निधन भएको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३ बनकट्टी निवासी ३५ वर्षीय जैसवालको आइतवार बिहान घरमै निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेका जैसवालको घरमै उपचार भइरहेको थियो । करिब ३ महिनाअघि ब्रेन ह्याम्रेज भएपछि नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरि थप उपचारका […]