सदरलाइनडटकम,
बर्दिया : पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा ज्यान गुमाउने तीन जनाकै परिचय खुलेको छ । ज्यान गुमाउनेमा बाँके खजुरा ६, कोहलपुर बस्ने ३५ वर्षीया प्रतिमा सुनार, खजुरा गाउँपालिका जी गाउँ बस्ने ४० वर्षीया पवित्रा सुनार परियार तथा सहचालक गुल्मी जिल्ला घर भएका निमबहादुर सार्की रहेका छन् ।
ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि ६ झण्डै किलोमिटर पश्चिमतर्फ निकुञ्जभित्र पर्ने राजमार्गमा बुधवार बिहान ट्रक दुर्घटना हुँदा दुई जना महिला र एक जना पुरुषको घटनास्थलमै ज्यान गएको थियो भने उनीहरुको पहिचान भने खुल्न सकेको थिएन ।
भैरहवाबाट फलामे छड लोड गरेर धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान चार बजेतिर दुर्घटना भएको थियो । ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्णबहादुर चौधरी घाइते भएकोले उनको मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ ।
