जानकी गाउँपालिका वडा नं. ३ बाल विवाहमुक्त घोषणा

सदरलाइन संवाददाता १० भाद्र २०७८, बिहीबार १२:४७
 

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ बाल विवाहमुक्त वडा घोषणा भएको छ । वडालाई बिहीवार एक कार्यक्रमका बीच बाल विवाहमुक्त वडा घोषणा गरिएको हो ।

घोषणासभामा जानकी गाउँपालिकाकी उपाध्यक्ष भूमीसरा धिताल, वडा नम्बर ३ का अध्यक्ष विन्देश्वरी कुर्मी, स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेलगायतको उपस्थिती थियो ।


योसंगै बाँकेमा १४ वटा वडा बाल विवाहमुक्त घोषणा भएका छन् । बाल विवाहमुक्त अभियान सञ्चालन निर्देशिका अनुसार वडामा २० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको छ ।

८१ वडा रहेको बाँकेमा नेपालगञ्जका ४, जानकीका ४, कोहलपुरका ३, खजुराको २ र बैजनाथको एउटा वडा बाल विवाहमक्त वडा घोषणा भएको प्लान नेपालको सहयोगमा बाल विवाहविरुद्ध काम गर्दै आएको सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालका बालविवाह रोकथाम परियोजना प्रमुख जगदिश थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यद्धारा शपथ ग्रहण

१० भाद्र २०७८, बिहीबार १२:४७
नेपालगञ्ज : नेकपा एमाले प्रदेश १ को संसदीय दलका नेता भीम आचार्यले मुख्यमन्त्रीको सपथग्रहण गरेका छन्। प्रदेश प्रमुखले मुख्यमन्त्री आचार्यलाई सपथग्रहण गराएका हुन् । नेता शेरधन राईले राजीनामा दिएलगत्तै आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेतामा आचार्य नियुक्त भएपछि प्रदेश प्रमुख सोमनाथ […]

सम्बन्धित