मुगु : हिमाली जिल्ला मुगुमा करिव चारदर्जन सामुदायिक वन नविकरण बिनै कार्य सञ्चालनमा रहेका पाईएका छन । मुगु जिल्ला भरी ९५ वटा सामुदायिक वन समुदायमा हस्तान्तण भएका भए पनि ४७ वटा सामुदायिक वन नविकरण बिना कार्य सञ्चालनमा रहेका पाइएको हुन ।
वि.सं २०५२ सालदेखि विभिन्न मितिमा साविकको जिल्ला वन कार्यालय मुगु र डिभिजन कार्यालयबाट ९५ वटा सामुदायिक वन समुदायमा हस्तान्तण भएका भएता पनि ४८ वटा मात्रै नविकरण भएर कार्य सञ्चालनमा छन भने ४७ वटा सामुदायिक वन विना नविकरण अवैध रुपमा सञ्चालनमा रहेका छन ।
छायाँनाथ रारा नगरपालिका भित्र ३३ वटा सामुदायिक वन छन भने यी मध्ये २४ वटा नविकरण भएका छैनन् । मुगु कामारोङ्ग गाउँपालिका भित्र १३ वटा सामुदायिक वन भएका भए पनि ३ वटा नविकरण भएका छैनन् । खत्याड गाउँपालिका भित्र ३२ वटा सामुदायिक वन भएका भएपनि १० वटा नविकरण भएका छैनन । उता सोरुगाउँपालिका भित्र १७ वटा सामुदायिक वन भएका भएपनि अझै ६ वटा नविकरण भएका छैनन् ।
सम्रगमा जिल्लाभरी ९५ वटा सामुदायिक वन भएपनि ४७ वटा सामुदायिक वन नविकरण विना अवैध रुपमा कार्य सञ्चालनमा छन भने ४८ वटा सामुदायिक वन मात्रै बैधानिक रुपमा नविकरण भएर सञ्चालनमा रहेका डिभिजन कार्यालय मुगुले जनाएको छ । मुगु जिल्ला भरी १ लाख ८ हजार ६ सय ८९ हेक्टर वन क्षेत्रले ढाकेको छ । जस मध्ये १० हजार ९ सय ४०.८ हेक्टर सामुदायिक वन क्षेत्रले ढाकेको छ भने कबुलियति वन ४ सय १८.७५ हेक्टर रहेको छ । मुगुमा रहेका अधिकांस सामुदायिक वन २० बर्ष देखि नविकरण भएका छैनन् ।


सामुदायिक वन नविकरणको समय पाँच बर्षको हुन्छ । यो आर्थिक बर्षमा मात्र १० वटा सामुदायिक वनको नविकरण भएका छन । ४७ वटा सामुदायिक वन अझै नविकरण हुन नसकेका सव डिभिज कार्यालय मुगुका कार्यालय प्रमुख अमरप्रसाद साहले बताए ।
उनका अनुसार समुदायिक वन नविकरण नहँुनुमा समुदायमा जनचेतनाको अभाव, सिमा विवाद लगायतका समस्याले सामुदायिक वन नविकरण हुन सकेका छैन । सामुदायिक वन नविकरणको लागि सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनले सहजिकरण गर्नु पर्ने भएको भएपनि मुगुमा फेकोफनको बेबास्थाका कारण पनि समस्या भएको कार्यालय प्रमुख साहले बताए ।
सामुदायिक वन नविकरण विनै कार्य सञ्चालन जति पनि भएका छन जुन अवैध मानिन्छ । समुदायमा हस्तान्तण भएका तर लामो समयदेखि नविकरण नभएका वन राष्ट्रिय वन सरह हुने कार्यालय प्रमुख साहले बताए ।
यसै बिच मुगुमा २९ वटा कवुलियती वन छन । तर ति वन कुन अबस्थामा छन अतोपत्तो छैन । सव डिभिजन कार्यालयमा कबुलियती वनको कुनै तथ्याङ्ग नुहँदा कबुलियती वन २९ वटा छन भन्ने छ तर कुन अबस्थामा छन कार्यालय बेखबर छ । कारण पुराना दस्तावेज नहुदाँ कबुलियति वनको अबस्थाका बारेमा अनविज्ञ रहेको कार्यालय प्रमुख साहले जानकारी दिए ।