भन्सार छलिको सामानसहित बोलेरो गाडी नियन्त्रणमा

सदरलाइन संवाददाता ११ असार २०८०, सोमबार १३:५२
 

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. ३ स्थित नेपालगञ्ज गुलरिया सडकखण्डबाट प्रहरीले भन्सार छलिको सामान बरामद गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका ६ बस्ने बर्ष २५ को कुशल भट्टराईले चलाएको भे १ च ३९५१ नम्बरको बोलेरो गाडीमा लोड भएको अवस्थामा भन्सार छलिको ठूलो परिमाणमा सामान बरामद भएको प्रहरीले जनाएको छ ।


बोलेर गाडीसहित डिपी स्विच ४५ डब्बा, स्विच सकेट ३६० डब्बा, स्विपर ब्राउजर २७ पीस बरामद भएको छ । करिव २२ लाख बराबरको अवैध सामान बरामद भएको प्रहरीले जनाएको छ ।

गाडी र चालकसहित नेपालगञ्ज भन्सार कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राँझा–राजापुर लोकमार्गका लागि बजेट विनियोजन

११ असार २०८०, सोमबार १३:५२
नेपालगञ्ज : लुम्विनी प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयले बाँके र बर्दियालाई जोड्न मध्यमार्गी लोकमार्गको निर्माण अघि बढाउन बजेट विनियोजन गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा २० को राँझा चोकदेखि बर्दियाको राजापुर नगरपालिका जोड्ने राँझा–राजापुर (बाँके–बर्दिया) मध्यमार्गी लोकमार्ग अन्तर्गत आगामी आर्थिक बर्ष २०८०–८१ मा बाँके र बर्दिया दुबै तर्फबाट […]