कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा पस्यो

सदरलाइन संवाददाता १८ श्रावण २०७९, बुधबार १३:२३
 

कञ्चनपुर : चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ । मंगलवार रातीदेखि आएको बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ ।

बाढीका कारण बस्ती पूरै जोखिममा छ । स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन् । सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन् । मंगलवार राती चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन् ।

उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका गणपति अमरबहादुर ऐरले जानकारी दिए ।


ऐरका अनुसार बाढीबाट स्थानीय किर्सन भुल, हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्रको भवन जोखिममा छ । सशस्त्र प्रहरी र स्थानीयवासी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् ।

यस्तै बाढीको उच्च जोखिममा रहेका घर पनि सशस्त्र प्रहरीले हटाउन थालेका छन् । घरका खाँबा, झ्यालढोका लगायत सामान हटाएर सुरक्षित ठाउँमा लगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विप्लवलाई पुराना मुद्दा लगाउनु हुँदैन : शंकर पोखरेल

१८ श्रावण २०७९, बुधबार १३:२३
दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई पुराना मुद्धा लगाउन नहुने बताएका छन् । दाङको तुलसीपुरमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनेमा बोल्दै उनले खुल्ला राजनीतिमा आउनु भन्दा पहिलेका घटनाका आधारमा मुद्दा लगाउन नहुने बताएका हुन् । ’खुल्ला राजनीतिमा आइसकेपछि उनी (विप्लव) ले गलत काम गर्छन […]