सुर्खेतमा बुद्ध एयरको ठुलो जहाजको परिक्षण उडान

२१ चैत्र २०७४, बुधबार १२:५०
 


सदरलाइनडटकम
२१ चैत, नेपालगन्ज  : बुद्ध एयरले आज सुर्खेत बिमानस्थलबाट ठुलो बिमानको परिक्षण उडान गरेको
छ । काठमाण्डौं—सुर्खेतको सिधा उडानका लागि ठुलो जहाज चल्न सक्छ की सक्दैन भन्ने बुझ्नका लागि परिक्षण उडान भएको हो ।
ठुलो जहाज सन्चालन हुने अवस्था आए यात्रुहरुले कम भाडा तिर्नुपर्ने अवस्था आउने बुद्ध एयर नेपालगन्ज स्टेशन प््रमुख बिनित बिक्रम शाहले बताए । सानो जहाज सन्चालन हुंदा भाडादर धेरै हुन जान्छ । संघीय सरकारले कर्णाली प्रदेशसंग राजधानीको सिधा हवाई सम्पर्क जोड्नका लागि पहल गरे लगत्तै यो काम भएको हो । अहिलेसम्म सुर्खेतबाट मध्य तथा सुदुरपश्चिमका पहाडी जिल्लामा कार्गो र यात्रु बोक्ने जहाजहरु उड्ने गरे पनि राजधानी लगायतका जिल्लाहरु जोडिएका थिएनन् । त्यसका लागि सुर्खेतबाट नेपालगन्ज आएर प्लेन चढ््ननुपर्ने बाध्यता थियो । अब भने त्यो बाध्यता हट्ने देखिएको छ ।
तर भाडादर उच्च भएकाले राहात महसुस हुन सकेको छैन । त्यहांबाट काठमाण्डौ एकतर्फी जाने भाडाले सुर्खेतबाट नेपालगन्ज आई यहांबाट दुबै तर्फी भाडा खर्च जुटाउन सकिने सर्बसाधारणकोृ भनाई छ ।

Next Post

एकल महिलालाई सम्मान

२१ चैत्र २०७४, बुधबार १२:५०
सदरलाइनसडकम २१ चैत, नेपालगन्ज :  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले एकल तथा द्धन्द्धपीडित महिलाहरुलाई आज सम्मान गरेको छ । सिर्जनशिल आमा समुहको अगुवाईमा १२ जना महिलाहरुलाई नगद सहित सम्मान गरिएको हो । वडा सदस्य तरुण बज्राचार्यका अनुसार महिलाहरुलाई समाजमा हौसला बढाउन र उनीहरुलाई मुलधारमा ल्याउनका लागि सम्मान तथा अन्तरक्रिया […]