नेपालगञ्जलाई पछि पर्न दिईने छैन : अर्थमन्त्री खतिवडा

७ पुष २०७५, शनिबार १८:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : संघीय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले नेपालगञ्जमाथि विभेद नगरेको दावी गरेका छन् । उनले शनिबार नेपालगञ्ज उद्योग बाणिज्य संघको २७ औं साधारण सभाको उद्घाटन गर्दै सो दाबी गरेका हुन ।
अर्थमन्त्री खतिवडाले २०३५ सालमा पहिलो पटक नेपालगन्ज आएको स्मरण गदै भने–‘चालिस वर्षको अवधीमा नेपालगञ्जले निकै ठुलो फड्को मारेको छ । तपाईहरु केही भएन भनेर निरास नहुनुहोस् । तर अझै जेजति गर्नुपर्ने हो त्यसका लागि सरकार सकारात्मक छ ।’
उनले नेपालगञ्जको विकासका बिषयमा केन्द्र सरकारले फरक व्यवहार गर्न नसक्ने भन्दै निरास नहुन आग्रह गर्दै क्रमिकरुपमा नेपालगञ्जको आर्थिक विकास हुँदै जाने र त्यसका लागि आफ्नो ध्यानार्कषण भएको बताए ।
सधारणसभामा बोल्ने उद्योगी, व्यवसायीहरुले संघीयता कार्यान्वयनसंगै नेपालगञ्ज पछि परेको गुनासो गरेपछि अर्थमन्त्री खतिवडाले आश्वस्त पार्न खोजेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पछिलो समय नेपालगन्ज आर्थिक हकका रुपमा रुपान्तरण हुँदै गएको भन्दै त्यसको प्रोत्साहन गर्न राज्य लाग्नुपर्ने बताईन । उनले आफु नेपालगन्जकै भएकाले भारत उत्तरप्रदेशका मुख्यमन्त्रीसंग केही समयपछि हुने भेटघाटमा यहाँका विकास र भन्सारसंग जोडिएका मुद्दाका बिषयमा बोल्ने बताईन ।
संघीय संसदका सांसद महेश्वर गहतराज अथकले साविकको मध्य तथा सदुररपश्चिम क्षेत्रको केन्द्र नेपालगन्जले एक्लो महसुस गरि रहेको भएपनि अब भने समृद्धिका लागि अगाडी बढ्ने बताए । त्यसका लागि आफुले आवाज उठाउने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अच्यूतराज प्रसाईले राज्यको हेपाह दृृष्टिकोणका कारण नेपालगन्जबाट उद्योग पलायन हुने अवस्थामा पुगेको भन्दे आक्रोस व्यक्त गरे ।
नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेको विकासका लागि अर्थमन्त्रीलाई ध्यानार्कषण गराउँदै ज्ञापनपत्र बुझाएको अध्यक्ष नन्दलाल बैश्यले बताए । ज्ञापनपत्रमा नेपालगन्जलाई आर्थिक राजधानी बनाउने लगायतका बिषय समेटिएको छ । साधारणसभामा महासचिव अजय टण्डनले सांगठनिक प्रतिबेदन पेश गरेका छन् । साधारणसभामा उद्योगी, व्यवसायी तथा पत्रकारलाई सम्मान गरिएको थियो ।

Next Post

अन्तरबिद्यालय क्रिकेटको उपाधी आइडियललाई

७ पुष २०७५, शनिबार १८:४६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा सम्पन्न जेएमसि नेपाल टाईगर अन्तर बिद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधी आइडियल पब्लिक उच्च मावि रानी तलाउले हात पारेको छ । शनिवार भएको खेलमा मङ्गल प्रसाद उच्च माबिलाई ५ विकेटले पराजित गर्दै उपाधी हात पार्न सफल भएको हो । खेलमा टस जितेर पहिला ब्याटिङ्ग गरेको मङ्गल प्रसादले १५ ओभर […]