तेश्रो खेलमा नेपाल‘ए’ ३ रनले बिजयी

सदरलाइन संवाददाता १९ चैत्र २०८०, सोमबार १९:०२
 

सदरलाइन डेस्क  : नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम टि–ट्वान्टी खेलमा आयरल्यान्ड वल्भ्सलाई ३ रनले पराजित गरेको छ । नेपाल ‘ए’ले बनाएको दुई सय १४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्ड वल्भ्सले पुरै ओभर खेलेर २ सय १० रनमै सिमित भएको थियो ।

यो जितसँगै नेपाल सिरिजमा क्लिन स्वीप हुनबाट जोगिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १३ रनको योगफल बनाएको थियो ।


नेपालका लागि आरिफ शेखले सर्वाधिक ९३ रनको योगदान दिए । उनले ४८ बल खेल्दै सात चौका र छ छक्काको सहयोगमा अविजित ९३ रनको योगदान गरेका हुन् ।

त्यसैगरी रासिद खानले २४ रन बनाउँदा पवन शर्राफले १३ रन जोडे । बसिर अहमदले १९ रन बनाए भने कप्तान विनोद भण्डारी ११ रनमा आउट भए । त्यस्तै लोकेश बमले आठ रन जोड्दा देव खनालले ६ रनमा आउट भए ।

बलिङतर्फ आयरल्यान्ड ए का फिन ह्यान्डले दुई विकेट लिए भने लियाम म्याकार्थी ग्यारेथ डेलानी म्याथु फोस्टर र गेभिन होइले समान एक÷एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेवाग्राहीसँग १५ हजार घुस लिने लेखापाल विरुद्ध भ्रष्ट्राचारको मुद्दा

१९ चैत्र २०८०, सोमबार १९:०२
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध १५ हजार रुपियाँ घुस लिएको भन्दै उनिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । निरौलाले धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग सो रकम माग गरी लिएको पुष्टि भएको आयोगले बताएको छ । भ्रष्टाचार निवारण ऐन, […]