नेपालगञ्ज : भारतलाई विद्युत बेचेर नेपालले २८ दिनमा १ अर्ब ७२ करोड २९ लाख भन्दा बढी आम्दानी गरेको छ । बीबीसीले लेखेको समाचार अनुसार २८ दिनमा १७८.१९१ मिलियन युनिट बिजुली निर्यात गरेको छ ।
बिजुलीको उक्त परिमाण औसतमा ९.६७ रुपैयाँ प्रति युनिटमा विक्री गरिएको छ । अधिकारीहरूका अनुसार नेपालले सरदरमा निर्यात गर्न पाउने सीमाको पूर्ण क्षमतामा विद्युत् बेचिरहेको छ ।
नेपालले जेठ १९ गतेबाट भारतको ऊर्जा बजारमा प्रतिस्पर्धा गरेर विद्युत् बेचिरहेको छ । जसका लागि प्रत्येक दिन १० देखि १२ बजेसम्म समय तोकिएको हुन्छ ।
बजारको मागका आधारमा तय हुने मूल्य उक्त दिनको राति १२ बजेदेखि भोलिपल्ट १२ बजेसम्म लागु हुन्छ ।