नेपालगञ्ज–१२ द्वारा महिलालाई कानूनी सक्षरता कक्षा सञ्चालन

सदरलाइन संवाददाता १७ चैत्र २०८०, शनिबार १७:१७
 

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगर वडानं. १२ को सहयोगमा दिदीबहिनी समाज बाँकेले महिला हक अधिकारको बारेमा कानूनी साक्षरता तथा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

वडाका विपन्न, सिमान्तकृत महिलाका लागि लक्षित गरी महिला हक अधिकारको बारेमा कानूनी साक्षरता तथा सचेतनामुलक कार्यक्रम नेपालगञ्जमा आयोजना गरिएको नेपालगञ्ज उपमहानगरको महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखा प्रमुख मञ्जु पाण्डे बताउछिन ।

उनले नेपालगञ्जमा तथा समग्र जिल्लामा जन्मने शिशुको जन्मदर हेर्दा पनि छोरा नै बढी हुने गरेको र अधिकांशले भ्रुण पत्तलगाई भ्रण हत्या समेत गरेको कारणले छोरीको संख्या कम भएको दाबी गरिन ।

उनले भनिन–‘ नेपलगञ्जमा जन्मने शिशुमा छोरीको संख्या कम छ । टाठा बाठो भनाउदाले गर्भमै भ्रुणको लिङ्ग पत्तालगाएर राख्ने गर्दा जन्मने भन्दा बढी छोरी त भ्रूणमै हत्या हुने गरेको छ । कानूनले बर्जित गरेको कुरा हुँदा हुँदै पनि भ्रुण हत्या मौलाउदो छ ।’

नेपालगञ्ज उपमहानगरका कानून शाखाप्रमुख माया शर्माले कानूनमा जानेको छैन भनेर कानूनको अनविज्ञताको विषय क्षम्य नहुने भएकोले दुई दिनमा सबै कुरा सिकाउन नसके पनि महिलाको लागि आफुलाई आवश्यक पर्ने कुरा जान्न सकिने भएकोले सबैको सक्रियता आवश्यक हुने बताईन ।


कार्यक्रमका प्रशिक्षक अधिवक्ता चित्रबहादुर शाहीले दुई दिनमा कानूनका सबै दफा उप दफा सिकाउन नसके पनि कानूमा भएका कुरामा बुझाईको दायरालाई फराकिलो बनाउन प्रभावकारी हुने बताए ।

नेपालगञ्ज उपमहानगर वडानं. १२ का वड अध्यक्ष तरुण बज्राचार्यले बाटो नाली, भौतिक संरचना मात्र विकास नभएर बौद्धिकता पनि विकासको सूचक भएकोले महिलालाई कानून सक्षरताको कक्षा सञ्चालन गरिएको बताए ।

उनले भने–‘ भौतिक संरचना निर्माण मात्रै विकास हो भन्य भास्य परिवर्तन गर्नको लागि हामीले ज्ञानमुलक तालिममा बजेट विनियोजन गरि कार्यान्वयनमा ल्याएका छौ ।’ उनले धेरै ठूलो बजेट र कार्यक्रम नभएपनि कानूनमा भएका प्रावधान र महिला अधिकारको बारेमा महिलाले जाने भनेमात्र पनि आफ्नो अधिकार लिन सहज हुने बताए ।

दिदिबहिनी समाजका अध्यक्ष रमादेवि शाहको अध्यक्षता तथा उपाध्यक्ष दिला शाहको सञ्चालनमा सम्पन्न कार्यक्रममा सय बढी गृहणी महिलालाई कानूनी साक्षता कक्षालाई अधिवक्ताद्वय शाही र सरिता पौडेलले सहजिकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाका विद्यालयमा विश्राम कक्ष ब्यबस्थापनपछि महिनावारीका बेला पनि नियमित कक्षामा बालिका

१७ चैत्र २०८०, शनिबार १७:१७
बर्दिया : बर्दियाको विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई महिनावरी हुँदा विद्यालय नछुटोस भन्ने उद्देश्यले विद्यालयमा स्थापना गरिने विश्राम कक्षका निर्माणका लागि विभिन्न सामाग्री हस्तान्त्रण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणिय बिशिष्टता समुह बि–ग्रुपको आर्थिक साझेदारी र शिक्षा युवा तथा खेलकुद शाखा बर्दियाको समन्वयमा बर्दियाको मधुवन नगरपालिका वडानं २ […]