सदरलाइनडटकम,
कालिकोट : कालिकोटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शेराबाङबाट जुम्लातर्फ जाँदै गरेको भे ५ प ८११६ नम्बरको मोटरसाइकल कालिकोटको पिलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मोटरसाइकल चालक सुर्खेतका लक्ष्मण सुनार र पछाडी बसेका खाँडाचक्र ८ का दिपक मल्लको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
