बाँकेमा यसरी मनाईयो सहकारी दिवस (फोटोकथा सहित)

२० चैत्र २०७३, आईतवार १७:५०
 

सदरलाइनडटकम 
२० चैत, नेपालगन्ज : बाँकेमा ६० औ राष्ट्रिय सहकारी दिवश साता व्यापीरुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । जिल्ला सहकारी संघ बाँके, सरकारी प्रशिक्षण तथा डिभिजनल कार्यालय बाँके, राष्ट्रिय सहकारी विकास बैंकलगायतको सहकार्यमा साताव्यापी विभिन्न कार्यक्रमको आयोजना गरी सहकारी दिवस मानईएको जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष पे्रेम सुवेदीले जानकारी दिए ।
जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष सुवेदीले बाँकेमा सहकारीको माध्ययमबाट बगर खेती, बेमौसमी खेती, तरकारी, अन्न खेती, बंगुर, बाख्रा, माछा, मह, दुग्ध, सुपथ मुल्य पसल, कृषि सामाग्री खरिद विक्रि गर्ने उद्देश्यका सहकारीहरु दर्ता भई आफ्नो उद्देश्य अनुसार सञ्चालनमा आएको जानकारी दिदै आउने केहीवर्ष भित्रै यीनै सहकारी मार्फत तरकारी, दुग्ध, मासुजन्य उत्पादनमा आत्मनिर्भर संगै रोजगार पनि सृजना गर्ने दावी गरे ।
लोक गायिका सपना शाहीको प्रस्तुति संगै बागिना समूहको प्रस्तुती रहेको कार्यक्रममा जिल्लाका उत्कृष्ठ सहकारी, सहकारी कर्मी, सञ्चारकर्मी तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । नेपालगन्जको धम्बोझि चोकबाट विभिन्न प्लेकार्ड र व्यानर सहित निस्केको ¥यालीले नगरपरिक्रमा गरि सभामा परिणत भएको थियो ।
नेपालगन्ज नर्सिङ्गहोम पछाडिको आँप बगैचामा आयोजित कार्यक्रमको राष्ट्रिय सहकारी बैंकका सञ्चालक केबी उपे्रतीले उद्दघाटन गरेका थिए । उनले सो अवसरमा राज्यले सहकारी प्रति सौतेलो व्यवहार गर्दै आएको आरोप लगाए । उनले ३३ हजार सहकारीमा १ सय ३० वटामा समस्या देखिएको कारणले सहकारी जति सबै बद्मासी गर्छन भन्न उचित नहुँने दावी गरे ।
उनले राज्यले सहकारीलाई सकारात्मक दृष्टिले मात्र हेरिदिए पुग्ने साथै सहकारी मार्फत देशको विकासमा सहकारीकर्मीलाई लगाउन सके विकासले छोटो समयमा ठूलो फड्को मार्ने दावी गरे ।
जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेमप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी प्रशिषण तथा डिभिजन कार्यालय नेपालगन्जका सह–प्राचर्या सागर अधिकारीले बाँकेमा ४ सय ३ सहकारी दर्ता रहेको जानकारी दिए । उनले नेपालगन्ज उप–महानगरपालिका क्षेत्रमा १ सय १९, कोहलपुर नगरपालिका क्षेत्रमा ७३ र विभिन्न गाउपालिकामा २ सय ११ सहकारी दर्ता भई कार्य गर्दै आएको बताए । उनले बाँकेमा महिलाले मात्र सञ्चालन गर्दै आएको सहकारीको संख्या ७९ रहेको जानकारी दिए । बाँकेमा २ हजार ८ सय जना सहकारी सञ्चालक रहेको र १ लाख १६ हजार शेयर सदस्य रहेको जानकारी दिए ।
उनले जिल्लामा रहेका ४ सय ३ सहकारीले १ हजार १ सयलाई प्रत्यक्ष रोजगारी दिनुको साथै कुल शेयर पूजी ३५ करोड १३ लाख र कुल बचत ४ अरब रहेको जानकारी दिए । यसैगरी कुल जगेडा कोषमा १६ करोड ७४ लाख रहेको र ऋण लगानी ४ अरब ४१ करोड रहेको छ ।

(शब्द–फोटो : रुद्र सुवेदी / सदरलाइन ) 


    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फारुख भन्छन् : मैले अन्याय गरेको छैन् तर, उस्मान अनावश्यक मेरो बद्नाम गर्दै हिडेको छ

२० चैत्र २०७३, आईतवार १७:५०
सदरलाइनडटकम  २१ चैत, नेपालगन्ज : नेपालगन्ज–१६ बेलासपुरका फारुख हल्वाईले आफुले कुनै जालसाझीको काम नगरेको बताएका छन् । नेपालगन्ज खजुरारोडमा बस्दैआएका ४४ वर्षिय मो. उस्मान हल्वाईले आफुलाई पैत्रिक सम्पत्तिबाट बेदखल गर्नको लागि फारुखले नागरिकतामा कृर्ते गरेको आरोप लाएका थिए ।   उनले आफुहरु एउटै आमाको कोखबाट जन्मेको भए पनि बाबु भने फरक–फरक […]