सदरलाइनडटकम,
दैलेख : दैलेखको महाबु गाउँपालिका–२ मान्मामा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । खरिगैराबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको बा १६ च ४३६६ नम्बरको जीप शुक्रवार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा चालक रमेश केसीसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जीप सडकमा चिप्लिएर करिब १०० मिटर तल खसेको स्थानीयले बताए ।
गम्भीर घाइते चालक केसीसहित अन्य सबै घाइतेको दैलेख जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए । घाईत हुनेमा तीन जना बालबालिका छन् ।
