विदेश भ्रमणमा जान नेपालगञ्जका उपमेयरको हठ

१८ फाल्गुन २०७५, शनिबार १५:१८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ । विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो ।
उपमहानगरमा आएको स्वीजरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको नेपालगञ्ज–११ का वडाध्यक्ष उज्जवलसिंह राठौरले जानकारी दिए । ‘जनप्रतिनिधिबीच विवाद चर्केपछि गोलाप्रथा गरेका छौँ’, वडाध्यक्ष राठौरले भने, ‘उपमेयर उमा थापा मगरले आफू नै जान पाउनुपर्ने अडान राखेपछि गोलाप्रथा गर्नुपरेको हो ।’
उपमेयरले नमानेपछि उपमहानगरपालिका र कांग्रेस पार्टीमा समेत विवाद बढ्दा गोलाप्रथा गर्नु परेको उनले बताए । गोलाप्रथा अनुसार उपमेयर थापामगर नै छनोटमा परेकी छन् । विदेश भ्रमणका लागि आएका १० वटा कोटामध्ये नेकपा, कांग्रेस र राप्रपालाई क्रमशः तीनतीन र एउटा फोरमको भागमा परेको थियो । कांग्रेसबाहेकका दलले सहमतिकै आधारमा नामावली दिएपनि उपमेयरको ढिपीले काँग्रेसनिकट जनप्रतिनिधिबीच गोलाप्रथा भएको थियो ।

Next Post

सल्यानमा जीप दुर्घटना हुँदा चौध घाइते

१८ फाल्गुन २०७५, शनिबार १५:१८
सदरलाइनडटकम, दाङ : सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । नेपालगञ्जबाट रुकुम सिलिंगेका लागि छुटेको भे १ ज १००२ न फोर्स गाडी जिल्लाको बागचौर नगरपालिका १ कालाखेत बजार नजिकै दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् । शनिवार दिउँसो भएको दुर्घटनामा गाडी सडकबाट झन्डै १५ मिटर […]

ताजा अपडेट