बर्दियाका विद्यालयमा विश्राम कक्ष ब्यबस्थापनपछि महिनावारीका बेला पनि नियमित कक्षामा बालिका

सदरलाइन संवाददाता १७ चैत्र २०८०, शनिबार १७:३८
 

बर्दिया : बर्दियाको विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई महिनावरी हुँदा विद्यालय नछुटोस भन्ने उद्देश्यले विद्यालयमा स्थापना गरिने विश्राम कक्षका निर्माणका लागि विभिन्न सामाग्री हस्तान्त्रण गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणिय बिशिष्टता समुह बि–ग्रुपको आर्थिक साझेदारी र शिक्षा युवा तथा खेलकुद शाखा बर्दियाको समन्वयमा बर्दियाको मधुवन नगरपालिका वडानं २ सुर्य आधारभुत विद्यालय रजवारा, गेरुवा गाउपालिकाको वडानं ५ मा रहेको सरस्वती आधारभुत विद्यालय, ठाकुरबाबा नगरपालिका वडानं १ जनचाहना आधारभुत विद्यालय डुम्ब्रेनीमा सामाग्री हस्तान्त्रण गरिएको हो ।

कार्यक्रम अनुसार विद्यालयमा आउने छात्राहरुको महिनावारी हुने समस्याका लागि विश्राम कक्ष निर्माण गर्न बेड, बेड म्याटिक्स, प्याड राख्ने क्याबिन, कार्पेट, पीफम, इलोक्टोनिक बर्निङ मेसीन, बेट सिट, बलाङकेट, महिनावारी कक्षका लागि आबश्यक करिब ४ लाख २९ हजार ५ सय १८ बरावरको सामाग्री ३ वटा बिद्यालयलाई हस्तान्तरण गरिएको कार्यक्रम सञ्चालक संस्था बि–ग्रुपका लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

स्थानीय तह शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा तीन वटा विद्यालयको कक्षा ६ कक्षादेखि ८ कक्षा सम्मका करिब ३ सय भन्दा बढी छात्राले सो सुविधाको प्रयोग गर्न पाउने बताइएको छ ।


‘विशेष गरी पहिलोपटक महिनावारी हुने छात्रालाई बढी पीडा हुने र महिनावारी भएमा छात्राहरू निकै समस्यामा पर्ने भएकाले यस प्रकारका समस्या नहोस् भनेर महिनावारी विश्राम कक्षको स्थापना गरिदिएको हो’–उनले भने ।

सरस्वती आधरभुत विद्यालयका प्रधानाध्यापक योगेन्द्र कुमार चौधरीले संस्थाले विश्राम कक्षका लागि उपलब्ध गराएको सामाग्रीको बालिकाको सहभागीतामा यसको सदुपयोग गर्ने र विद्यालयमा बालिकाहरु महिनावारी भएको बेला विद्यालयमा अनियमित हुने दर घट्ने अपेक्षा गरे । उनले बालिकाका शिक्षाका लागि गरिएको सहयोग प्रति प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय बिशिष्टता समुह बि ग्रुपलाई बाँकेलाई बिषेश धन्यबाद दिए ।

प्लान इन्टरनेशनल नेपाल, बिग्रुपको आर्थिक साझेदारीममा मधुवन नगरपालिका, गेरुवा गाउँपालिका तथा ठाकुरबाबा नगरपालिकाका परियोजना विद्यालय क्रमश सुर्य आधारभुत विद्यालय रजवारा, सरस्वती आधारभुत विद्यालय, जनचाहना आधारभुत विद्यालयका प्राधानाध्यापकको रोवरमा सामाग्री हस्तान्तरण गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मधेशी मुस्लिम समुदायमा रहेको लैङ्गिग बिभेदको अत्यका लागि चित्रकला

१७ चैत्र २०८०, शनिबार १७:३८
नेपालगञ्ज : बाँकेका मधेशी तथा मुस्लिम बाहुल्यता ग्रामिण बस्तीमा विद्यमान रहेको लैङ्गिक बिभेदलाई सामुदायिक विद्यालयका विद्यार्थीद्वारा चित्रकला मार्फत उजागर गरेका छन । ब्रिटिस काउन्सिलको आर्थिक सहयोग तथा फातिमा फाउण्डेशन नेपालगञ्जको आयोजनामा नेपालगञ्ज–१५ जयसपुर तथा जानकी गाउपालिका–३ को बञ्जारे गाउ र ईन्द्रपुरमा रहेका तीन सामुदायिक विद्यालयका विद्यार्थी तथा किशोर किशोरी क्लवका […]