उद्धार गरिदिन ओली परिवारको हारगुहार

सदरलाइन संवाददाता २८ फाल्गुन २०८०, सोमबार १८:३४
 

नेपालगञ्ज : वैदेशिक रोजगारीका लागि मलेसिया गएका बर्दियाका टोपबहादुर ओली बिरामी भई उपचारमा समस्या आएको जनाउँदै परिवारका सदस्यले सहयोग गर्न आग्रह गरेका छन् ।

नेपालगञ्जमा पत्रकारसँगको भेटमा ओली श्रीमती नन्दा ओलीले वैदेशिक रोजगारमा मलेसिया गएका ओली प्रेसरले बिरामी भएपछि मलेसियाको अस्पतालमा उपचाररत रहनु भएको बताइन् । आर्थिक अवस्था नाजुक भएकाले उद्धारका लागि पहल तथा सहयोग गरिदिन सरकारसँग उनले आग्रह गरिन् ।


उनले भनिन, ‘दश वर्षअघि मलेसिया जानुभएका श्रीमान् लामो समयसम्म सम्पर्कविहीन भए पनि बिचमा सम्पर्कमा आउनुभएको थियो । यहाँबाट गएको कामको भिसा सकिएपछि गैरकानुनी रूपमा अन्यत्र काम गरिरहनु भएको थियो ।’

बिरामी भएर अस्पतालमा भर्ना भएपछि मात्र खबर आएकाले बच्चासहित आफूहरू निकै चिन्ता र पीडामा रहेको नन्दाले बताइन् । प्रेसरले विगत १२ दिनदेखि ओली मलेसियामा उपचाररत रहेको श्रीमती नन्दाले जानकारी दिइन् । ओलीका तीन जना छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस बाँकेद्वारा रमजानको ‘शुभकामना’

२८ फाल्गुन २०८०, सोमबार १८:३४
नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले रमजानको अवसरमा शुभकामना दिएको छ । कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीले मंगलवार एक शुभकामना सन्देश जारी गर्दै रमजानको सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा शुभकामना ब्यक्त गरेका हुन् । उनले सुख शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दै आपसी सहिष्णुता र बन्धुत्व भावनाको विकास गरी धार्मिक, सांस्कृतिक र […]