कम्युनिष्ट अधिनायकवादबिरुद्ध एकढिक्का हुन आवश्यक छ : देउवा

२५ भाद्र २०७५, सोमबार ११:२७
 

सदरलाइनडटकम
नेपालगन्ज :  नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा कम्युनिष्ट अधिनायकवादको विरुद्ध पार्टी एक ढिक्का हुनु पर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले १०५ औ विपी स्मृति दिवसको अवसर पारेर सोमबार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले बर्तमान सरकारको नेतृत्व गरेका कम्युनिष्टहरुले न्यायालयमा हस्तक्षेप गरि सकेको अव क्रमश, सेना, प्रहरी र कर्मचारी तन्त्रमा हस्तक्षेप गर्दै देशमा कम्युनिष्ट शासन स्थापित गर्न खोजिरहेको आरोप लगाए ।
उनले भने,‘कम्युनिष्ट सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको छ । यसको ध्यान भविष्यमा सेना, प्रहरी र कर्मचारीतन्त्रमा पनि हस्तक्षेप गर्दै जाने रहेकोले हामीले त्यसको विरुद्ध एक हुन आवश्यक छ ।’
.‘देश अप्ठ्यारो अवस्थामा रहेको अवस्थामा कांग्रेस एक भएर अगाडि बढ्न जरुरी छ’, देउवाले भने,‘कम्युनिष्ट शासन स्थापित भएपछि जनताका अधिकार कुण्ठित हुनेछन् ।’
नेपाली कांग्रेस आन्तरिक विवादका कारण कमजोर भएपनि कांग्रेस एक ढिक्का हुने बितिकै कम्युनिष्टहरु परास्त हुने जिकिर गरे । उनले पार्टी भित्रका अन्तरघातीहरुलाई समयमै किनारा लगाउनु पर्ने गरी सबै कार्यकर्ताहरुलाई सजग रहन आग्रह समेत गरे ।
अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन शत्रमा महामन्त्री शशांक कोइराला लगायत केन्द्रिय नेताहरुको उपस्थिति रहेको थियो ।

Next Post

मिश्र २८औं प्रधानन्यायाधिश बन्ने निश्चित्

२५ भाद्र २०७५, सोमबार ११:२७
सदरलाइनडटकम, काठमाण्डौ : ओमप्रकाश मिश्र सर्वोच्च अदालतको प्रधानन्यायाधिश हुने निश्चित भएको छ। संसदीय विशेष सुनुवाइ समितिको सोमवार बसेको बैठकले मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेपछि उनी प्रधानन्यायाधिश हुने निश्चित भएको हो । समितिका अध्यक्ष लक्ष्मणलाल कर्णको अध्यक्षतामा बसेको बैठकले अनुमोदन गरेसँगै मिश्रलाई नेपालको २८औं प्रधानन्यायाधीश बन्ने बाटो खुलेको हो । मिश्रविरुद्ध परेका […]