खजुरा गाउँपालिका पूर्ण खोप सुनिश्चित

२५ चैत्र २०७४, आईतवार १७:०८
 


सदरलाइनडटकम
२५ चैत, नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ । खजुरा गाउँपालिका अन्तरगत रहेका ८ वटै वडामा बस्ने सबै बालबालिकाले पाउनु पर्ने सबै खोप पाएकाले गाउँपालिकालाई आज आईतबार एक कार्यक्रमका वीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि २३ महिनासम्म पाउनु पर्ने सबै खोप बालबालिकाले पाएको खजुरा प्राथमिक स्वास्थ्य केन्द्रका मेसु डा. सन्तोष श्रीपालीले जानकारी दिए । २ वर्ष मुनिका बालबालिकालाई दिइने विभिन्न ११ वटा खोप नियमित रहेको र सबै बालबालिकाको पहुँचमा पुगेको मेसु श्रीपालीले बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले पूर्ण खोप सुनिश्चितता घोषणा समारोहलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका बाँके जिल्लालाई पूर्ण खोप घोषणा गर्ने आधारका रुपमा स्थापित भएको बताए । सो अवसरमा यसअघि बाँकी रहेका वडा नं. ३ र ४ लाई पनि पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुका साथै वडा नं. १ देखि ८ सम्मका वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य संस्थाका प्रमुख र स्वयम्सेविकाहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।
गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणासभा कार्यक्रमका प्रमुख अतिथि श्रीवास्तवले खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिलाई प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्द, खजुरा गाउँपालिका कार्यकारी प्रमुख सुन्दर श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतम, ४ का अध्यक्ष तिलकवीर सुनारलगायतले घोषणालाई कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिए । खजुरा गाउँपालिका प्रमुख कक्षपतिले खजुरालाई देशकै नमूना गाउँपालिका बनाउने अभियानमा रहेको जानकारी दिए ।

Next Post

आगलागीले संधै रुवाउँछ

२५ चैत्र २०७४, आईतवार १७:०८
सदरलाइनडटकम २५ चैत, नेपालगन्ज : बाँके नरैनापुर गाउँपालिका अध्यक्ष मोहमद ईस्तियाक शाहलाई आगलागीबाट आफ्नो गाउँपालिकाकका सर्वसाधरणहरुलाई कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ । शाह बाँकेको यस्तो गाउँपालिकाका अध्यक्ष हुन्, जहाँ गर्मीयाममा दैनिक जसो साना ठुला आगलागीका घटना भइरहन्छन् । यातायातको व्यवस्था नभएको र सदरमुकाम नेपालगन्ज भन्दा निकै परेको उक्त गाउ“पालिकालाई […]