काँग्रेस बाँकेद्वारा रमजानको ‘शुभकामना’

सदरलाइन संवाददाता २९ फाल्गुन २०८०, मंगलवार १४:५७
 

नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले रमजानको अवसरमा शुभकामना दिएको छ । कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीले मंगलवार एक शुभकामना सन्देश जारी गर्दै रमजानको सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा शुभकामना ब्यक्त गरेका हुन् । उनले सुख शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दै आपसी सहिष्णुता र बन्धुत्व भावनाको विकास गरी धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम राख्न यस पर्वले प्रेरित गर्ने विश्वास ब्यक्त गरेका छन् ।

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजबाट सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम सुमदाय दिनभर पानी समेत नपिई व्रत बस्ने गर्छन् । जसलाई रोजा पनि भन्ने गरिन्छ । उनीहरु रमजानलाई पवित्र महिना मान्दछन् । बिहानको नमाज पढेपछि शुरु भएको रोजा व्रत बेलुकाको नमाज सुनेर मात्रै खाने चलन छ ।


रोजाको समय सूर्य उदाउने र अस्ताउने तालिकाका अनुसार तय हुने गर्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि मात्रै आहार लिइन्छ । उर्दू पात्रो अनुसार हिजरी सम्बतको रमजान नवौँ महिना हो । रमजानमै मुस्लिमको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान मंगलवारदेखि शुरु

२९ फाल्गुन २०८०, मंगलवार १४:५७
नेपालगञ्ज : ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान मंगलवारदेखि शुरु भएको छ । सोमवार राती चन्द्रमा देखिएपछि मंगलबारदेखि रमजान शुरु भएको हो । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन् । एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम सुमदाय दिनभर पानी समेत नपिई व्रत बस्ने गर्छन् । जसलाई रोजा […]