कोहलपुर नगरपालिकामा दर्ता नभएका पसल नचल्ने

सदरलाइन संवाददाता १७ माघ २०८०, बुधबार १८:२४
 

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाले दर्ता नभएका तथा मापदण्ड विपरीतका पसल व्यवसाय बन्द गराउन थालेको छ ।

कोहलपुर नगरपालिकाले हरेक वर्ष नगरपालिकामा दर्ता पक्रियामा आउने भनी जानकारी दिँदा समेत अटेरी गरेर सञ्चालनमा रहेका पसल तथा अन्य व्यवसायहरूलाई बन्द गर्ने अभियान शुरु गरेको बजार अनुगमन समिति कोहलपुरका संयोजक अग्निप्रसाद आचार्यले बताए ।

उनले बजार अनुगमनका क्रममा एन टिभी रोडमा दर्ता बिना सञ्चालन भएको महेर बुटिक तथा सिलाई कटाइ प्रशिक्षण केन्द्रलाई बन्द गरिएको र तत्कालै दर्ता प्रक्रियामा जान समेत निर्देशन दिएको जनाउँदै दर्ता नभएका अन्यलाई पनि सोही प्रकारले गरिने बताए ।


कोहलपुर नगरपालिका भित्र सञ्चालन भएका तर दर्ता नभएका पसललाई सात दिन भित्र दर्ता पक्रियामा नआएमा बन्द गरी कारबाही प्रक्रिया सुरु गर्ने समितिका संयोजक आचार्यले बताए ।

नगरमा सञ्चालित पसल तथा विभिन्न व्यवसाय दर्ता भए नभएको, अन्य मापदण्ड पुरा गरेको वा नगरेको, खाद्यान्न र अन्य वस्तुमा मिसावट गरेको वा नगरेको तथा म्याद नाघेका वस्तुको विक्री गरेको वा नगरेको बारेमा पत्ता लगाउने उद्देश्यले बजार अनुगमन निरन्तर जारी रहेको नगरपालिकाले जनाएको छ ।

कोहलपुरमा जारी रहेको बजार अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख विष्णुप्रसाद धिताल, सोही कार्यालयका नायब सुब्बा देवीलाल चौलागाईँ, कोहलपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधि पवित्रा ढकाल, उपभोक्ता हित संरक्षण मन्च कोहलपुरका विष्णुप्रसाद बेल्बासे र पत्रकार लगायतको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यातायात कार्यालय नेपालगञ्जमा अनलाइन सवारी दर्ता

१७ माघ २०८०, बुधबार १८:२४
नेपालगञ्ज : नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा सवारी दर्ताका लागि दिनभर लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यातायात व्यवस्था कार्यालयले विद्युतीय माध्यमबाट अनलाइन सवारी दर्ता प्रणाली सुरु गरेपछि सेवाग्राहीलाई यातायात कार्यालयमै पुगेर कर बुझाउने र दर्ता गर्नुपर्ने झन्झट अन्त्य भएको यातायात व्यवस्था कार्यालय बाँकेका अधिकृत बालकृष्ण चौधरीले जानकारी दिए । […]

सम्बन्धित