नेपालगञ्ज : मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजना तथा क्याम्पसको समन्वयमा सप्ताहव्यापी भलिबल प्रतियोगिताको आइतवार तेस्रो दिनको खेलमा छात्रा र छात्र तर्फका समुह अन्तिम फाईनलमा पुगेका छ्न ।
राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भन्ने मुलनाराका साथ यहि फागुन ११ गतेदेखि क्याम्पसमा अन्तर संकाय भलिबल खेल सुरु गरिएको हो ।
आजको खेलमा छात्रातर्फ कमला थापाको समुह र आरती थारुको समूह फाईनलमा पुगेको छ । छात्रतर्फ शिक्षाशास्त्र संकायमा अध्ययनरत नवराज वि.क. को समुह र व्यवस्थापन संकायमा अध्ययनरत भिम बुढाथोकीको समूह अन्तिम फाईनलमा पुगेको मिडिया संयोजक एकराज शर्माले जानकारी दिए । आइतवार भएको छात्रातर्फका २ खेल र छात्रतर्फ २ खेल भएको स्व वि यु कोषाध्यक्ष सुरेश चंदाराले जानकारी दिए ।
आजको खेललाई क्याम्पस प्रमुख दान बहादुर हमाल, निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्मा, ग्र्याजुएट स्कुल अफ एजुकेसन एवम् अतिरिक्त क्रियाकलाप समिति संयोजक ज्ञानेन्द्र शाही, ग्र्याजुएट स्कुल अफ व्यवस्थापनका विभागीय प्रमुख जीवन सिंह राठौर, ग्र्याजुएट स्कुल अफ हुम्यानिटिज एन्ड सोसियल साईन्सका विभागीय प्रमुख खोपिराम वलि, प्रजातन्त्रवादी प्राध्यापक संघ वागेश्वरी ईकाइ समिति सभापति एकराज शर्मा, नेपाल रास्टिय प्राध्यापक संगठन ईकाइ समिति अध्यक्ष जयकृष्ण न्यौपाने, कर्मचारी संघका अध्यक्ष शिव प्रसाद रेग्मि, पुर्व क्याम्पस प्रमुख खगराज पन्त, स्व वि यु अध्यक्ष देवेन्द्र बहादुर बुढा, सचिव महेन्द्र प्रकाश मल्ल लगायत क्याम्पसमा प्राध्यापकहरु, कर्मचारी, विद्यार्थीहरुले नजिकबाट नियालेका थिए ।
खेल सोमवार विहान ७ बजेदेखि फाईनल हुने र समापन समेत गरिने खेलकुद समिति संयोजक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्