२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

प्रजातन्त्र दिवसको सन्दर्भ पारेर बृक्षरोपण



नेपालगञ्ज : प्रजातन्त्र दिवसको सन्दर्भ पारेर दैलेख आठबीस समाज, बाँकेले धम्बोझी माबि नेपालगञ्ज बाँकेको परिसर सरसफाइ गरेको छ ।

सो सरसफाई कार्यक्रममा समाजका अध्यक्ष प्रकाश सिजापतीलगायत सम्पूर्णथी रहेको थियो । सो कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष सिजापतिले यस समाजले बाँकेमा समाज सेवाका क्रियाकलाप गर्दै जाने बताए ।

धम्बोझी माबिलाई छनौट गरि सरसफाई गरेकोमा विद्यालयका प्रधानाध्यापक बामदेव सुवेदीले धन्यवादका साथै आभार व्यक्त गरेका थिए । साथै संस्थाको उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।

कार्यक्रमको सहजीकरण संस्थाका संस्थापक अध्यक्ष पूर्णबहादुर शाहीले गरेका थिए ।

प्रकाशित मिति : २०८० फागुन ८ गते मंगलबार
ताजा समाचार