नेपालगञ्जका दुईसय विपन्न परिवारलाई ग्याँस चुल्हो

सदरलाइन संवाददाता ९ फाल्गुन २०८०, बुधबार १७:५०
 

नेपालगञ्ज : खाना पकाउन दाउराको प्रयोग गर्दै आइरहेकोमा दाउरा पाउन समस्या हुन थालेपछि नेपालगञ्ज –५ का २०० विपन्न र गरिब परिवारलाई ग्याँस चुल्हो वितरण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका –५ ले आफ्नो वडाभित्रका अति विपन्न तथा गरिब परिवारलाई खाना पकाउने ग्यास चुल्हो वितरण गरेको जनाएको छ । वडाभित्र रहेको विपन्न र गरिबलाई खाना पकाउन सहज र सरल होस् भन्ने उद्देश्यसाथ २०० परिवारलाई खाना पकाउने ग्यास चुल्हो वितरण गरिएको वडा ५ का वडा अध्यक्ष सराफत खानले बताए ।

उनले आफ्नो वडाको बाबा मजार टोल, कसाइमण्डी, आँखा अस्पताल रोड, बेहना टोल, रामनगर रोड, एमपी स्कुल रोड, साइमार्ग, भट्टा टोल र जडीबुटी कार्यालय पछाडिको टोलमा बस्ने विपन्न र गरिब परिवारलाई ग्यास चुल्हो वितरण गरिएको बताए ।


वितरण गरिएको सामानमा ग्यास चुल्होसँगै त्यसमा लाग्ने पाइप, रेगुलेटर र लाइटर समेत सबैलाई वितरण गरिएको नेपालगन्ज उपमहानगरपालिका ५ को कार्यालयले जनाएको छ । ग्याँस चुल्हो पाएपछि खुशी हुँदै कसाइमण्डीका रमजाना हलवाईले अब खाना पकाउन दाउराको मात्र भर पर्नु नपर्ने हुँदा सहज हुने बताइन् ।

उनले सिलिण्डर पनि वितरण गरेको भए झन सहज हुने जनाउँदै एक पटकका लागि ग्याँस सिलिण्डर पनि बितरण गर्न वडा कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकासँग आग्रह गरिन् । वडावासीको कुनै पनि समस्या पर्दा सधैं जनसेवामा हाजिर रहने वडा अध्यक्षका रुपमा परिचित वडाध्यक्ष खानले बाढी, जाडो वा अन्य कुनै विपद र समस्याका बेलामा पनि जनताको हितका लागि निरन्तर काम गर्दैआएको अर्का स्थानीय वडावासी दीपक श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्युरोडमा ‘जेडी कलेक्शन एनपिजे’को शुभारम्भ

९ फाल्गुन २०८०, बुधबार १७:५०
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २ न्युरोडमा कृशिम गहनाहरुको घर ‘जेडी कलेक्शन एनपिजे’ सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश शहरी विकास तथा खानेपानी मन्त्री कृष्ण केसी नमुनाले जेडी कलेक्सन एनपिजेको शुभारम्भ गरिन् । व्यवसायि रिचा लुइटेलले आफनो जन्मदिनको अवसर पारेर सञ्चालन गरेको जेडी कलेक्शन एनपिजेमा […]