बिस लाख नेपाली रुयैयासहित दुई भारतीय पक्राउ

३२ जेष्ठ २०७६, शनिबार १८:२८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : शनिबार बैंकमा पैसा जम्मा गर्न आएका दुई भारतीय नागरिकलाई ईलाका प्रहरी कार्यालय जमुनाहले २० लाख नेपाली रुपैयाँसहित नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।


भारतीय नंम्बर प्लेटको स्कुटी चढेर शनिबार दिउसो करिव सढे बाह्रबजे रुपैडिहाबाट नेपाल प्रवेश गरेका उनीहरुलाई स्कुटीको डिग्गीमा सो पैसा राखेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
सो रकमसहति पक्राउ पर्नेहरुमा सीमावर्ती भारतीय शहर रुपैडिहाका ३० वर्षिय कमल गुप्ता र २५ वषर््िाय सानु गुप्ताको युपी ४० एच ९०१९ नंम्बरको स्कुटीमा राखेर नेपालगञ्ज ल्याउदै गर्दा शनिबार दिउसो साढे १२ बजे प्रहरी नियन्त्रणमा परेका हुन ।
ईलाका प्रहरी कार्यालय जमुनाहले बरमदी मुचुल्का गरी आवश्यक अनुसंन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले २० लाख रुपैयासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा रहेको र उनीहरुमाथि अनुसंन्धान भई रहेको जानकारी दिए ।

Next Post

नालामा डुबेका आचार्यको शव भेटियो

३२ जेष्ठ २०७६, शनिबार १८:२८
सदरलाइनडटकम, कोहलपुर (बाँके) : कोहलपुरको डुडुवा नालामा डुबेका युवकको पहिचान खुलेको छ । शनिवार नालामा पौडी खेल्ने क्रममा कोहलपुरका २८ वर्षीय मुक्तिप्रसाद आचार्यको डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । कोहलपुर नगरपालिका १२ चपरगौडीस्थित डुडुवा पुल नजिकै पौडी खेल्ने क्रममा आचार्य वेपत्ता भएका थिए । उनी डुबेलगत्तै […]

सम्बन्धित