ब्राउन सुगरसहित नेपालगञ्जमा एकजना पक्राउ

सदरलाइन संवाददाता २५ माघ २०७८, मंगलवार १४:१८
 

नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले ब्राउन सुगरसहित एक जनालाई नेपालगञ्जबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी बाँकेको टोलीले नेपालगन्ज ८ का २५ बर्षीय मोहम्मद अलीलाई १९ ग्राम ५२० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।


सोमबार साँझ साढे ५ बजे नेपालगञ्ज ८ जोलहानपुर्वामा शंकास्पद तरिकाले हिंडिरहेका अलीलाई चेक जाँच गर्दा ब्राउन सुगर फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका अलीसँग लागूऔषध कसुर सम्बन्धि मुद्दामा थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा महिलाको मृत्यु

२५ माघ २०७८, मंगलवार १४:१८
नेपालगञ्ज : भेरी अस्पतालमा कैलालीकी एक महिलाको कोभिडबाट मृत्यु भएको छ । टिकापुर नगरपालिका वडा नम्बर ८ की ६८ बर्षीया महिलाको मंगलवार दिउँसो साढे १२ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । माघ २४ गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजिटिभ […]