कोहलपुरका मेयर जुटे सरसफाई अभियानमा

सदरलाइन संवाददाता १६ जेष्ठ २०७९, सोमबार १६:३४
 

नेपालगञ्ज : कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुले पदभार गरेको एक हप्ताभित्रमा सरसफाई अभियान सञ्चालन गरेका छन् । कोहलपुर नगरपालिकामा ४ क्षेत्रमा विभाजन गरी सरसफाई अभियान सञ्चालन भएको हो ।

पूर्वमा चप्परगौडी, पश्चिममा मदनचोक, उत्तरमा मनकामना चोक, दक्षिणमा हाइस्कुलसम्मको पहिलो चरणमा सरसफाई अभियान सञ्चालन गर्ने नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताए । अहिले पहिलो चरणका कार्यक्रम यस क्षेत्रमा भएकोले अर्को चरणमा कोहलपुरका सबै वडाहरुमा सरसफाई अभियान सञ्चालन गर्ने आचार्यको भनाई थियोे ।

यस्तै कोहलपुर नगरपालिका उप–प्रमुख संगिता सुवेदीले कोहलपुरमा फोहोर व्यवस्थापनमा दीर्घकालीन योजना निर्माण गरी काम तिव्र रुपमा अगाडि बढाउने बताएकी छिन् । “अहिले सामान्य अभियानको रुपमा सञ्चालन गरेका छौं तर आगामी वर्षमा बजेटको व्यवस्था गरी दीर्घकालीन रुपमा समाधान गर्छौं,“ सुवेदीले बताइन् ।


यस्तै पहिलो चरणमा कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट सुरु गरिएको छ । वडा नं. ११ का नवनिर्वाचित वडा अध्यक्ष कल्पना अधिकारीको नेतृत्वमा सरसफाई अभियान सञ्चालन भएकोे छ । वडा अध्यक्ष अधिकारीले नगर क्षेत्रका कोहलपुरको मुख्य बजार क्षेत्रमा ’आफूले गरेको फोहोर आफैं सफा गरौं’ भन्ने मुल नाराका साथ अगाडि बढ्ने वडा अध्यक्ष अधिकारीले बताइन् । सो अभियान सफल बनाउनका लागि २ जना सहयोगी कर्मचारीको व्यवस्था गरिने उनको भनाई थियो ।

सो अभियानमा नेपाल घरेलु महासंघ संघ कोहलपुरका अध्यक्ष हेमविक्रिम जिसी, महासचिव सिएम उपाध्याय, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ऐन बहादुर मल्ल, उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल केन्द्रिय सदस्य चक्र अधिकारी, योग समितिका संयोजक गौरी संकर मण्डल, योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष मन प्रसाद शर्मा लगायत अन्य नवनिर्वाचित र स्थानीयहरुको सहभागिता रहेको थियो । सो अभियान हरेक हप्ता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुन्दर हरिजनको शव बुझ्न मानेनन् आफन्तले

१६ जेष्ठ २०७९, सोमबार १६:३४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका २, दैलेखी बंगलाका २० वर्षीय सुन्दर हरिजनको शव १० दिन वितिसक्दा समेत नेपालगञ्ज मेडिकल कलेजको शव गृहबाट उठ्न सकेको छैन् । रोल्पा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका उहाँको शव जेठ ७ गते नेपालगन्ज ल्याइएको हो । कारागार प्रशासनले विजय विक्रम शाहको कैद भुक्तान गर्न रोल्पा पठाएर […]