न्युरोडमा ‘जेडी कलेक्शन एनपिजे’को शुभारम्भ

सदरलाइन संवाददाता ९ फाल्गुन २०८०, बुधबार १८:१९
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २ न्युरोडमा कृशिम गहनाहरुको घर ‘जेडी कलेक्शन एनपिजे’ सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश शहरी विकास तथा खानेपानी मन्त्री कृष्ण केसी नमुनाले जेडी कलेक्सन एनपिजेको शुभारम्भ गरिन् ।

व्यवसायि रिचा लुइटेलले आफनो जन्मदिनको अवसर पारेर सञ्चालन गरेको जेडी कलेक्शन एनपिजेमा स्वदेशी तथा विदेशी कृत्रिम गहनाहरु विक्रीका लागि राखिएका छन् । ३० लाख रुपैयाँ लगानीमा खुलेको जेडी कलेक्शन एनपिजेमा ३ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएको सञ्चालक लुइटेलले बताइन् ।

उदघाटन कार्यक्रममा मन्त्री केसीले आफुहरु महिला उद्यमीको विकास र प्रवद्र्धनमा सधैँ सकारात्मक रहेको भन्दैं महिलाहरुले आर्थिकरुपमा आत्मनिर्भर हुनका लागि व्यवसायको शुरुआत गर्नुपर्ने बताइन् ।

नेपालगञ्जमा खुलेको जेडी कलेक्शन एनपिजेले अन्य थुप्रै महिलाहरुलाई व्यवसायमा आउन उत्पे्ररणा दिने मन्त्री केसीले बताइन् ।


महिला उद्यमी संघ नेपाल बाँकेले समन्वय गरेको उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष साबित्रा पोखरेल बस्नेतले महिलाहरुलाई आर्थिकरुपमा सशक्त बनाउन सके मात्र देशको आर्थिक अवस्था बलियो बन्दै जाने बताइन् ।

उदघाटन कार्यक्रममा प्रयर्टन प्रवद्र्धन मंच बाँकेका अध्यक्ष तथा नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारी लगायतले जेडी कलेक्सन एनपिजेको सफलताको शुभकामना दिएका थिए ।

घरबाट ५ हजारमा शुरु गरेको व्यवसायलाई विस्तार गर्दै न्युरोडमा व्यवसाय शुरु गर्न पाउँदा आफु उत्साही भएको सञ्चालक लुइटेलले बताइन् ।

बुधबार आफनो जन्म दिनको अवसरमा व्यवसायी लुइटेलले मानव सेवा आश्रममा रहेका असहायहरुका लागि एक छाकको खाना बराबरको रकम ५ हजार १ सय रुपैयाँ पनि आर्थिक सहयोग गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीस्थित सिद्धेश्वर माविमा स्वास्थ्य परामर्श

९ फाल्गुन २०८०, बुधबार १८:१९
नेपालगञ्ज : बाँकेको सुदूरपूर्वमा पर्ने राप्तीसोनारी गाउँपालिका–१ लौकीमा रहेको सिद्धेश्वर महादेव माध्यामिक बिद्यालयका विद्यार्थी तथा अभिभावकहरुलाई स्वास्थ्य सम्वन्धी सचेतना फैलाउने काम गरिएको छ । केही दिन अघि उक्त विद्यालयमा अध्ययनरत छात्रामा चिच्याउने, बर्बराउने, अर्धअचेत हुने लगायतका लक्षणहरु देखिएको पाइएपछि नेपालगञ्ज न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटलको चिकित्सक टोलिले विद्यालयमा पुगेर विद्यार्थीहरुको […]