सुर्खेतको बुलबुले तालबाट झारपात हटाईंदै

सदरलाइन संवाददाता ५ फाल्गुन २०८०, शनिबार १५:२३
 

सुर्खेत : सुर्खेतको बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन थालिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले डुङ्गा चलाउनुपूर्व तालमा फैलिएको झारपात हटाउन थालेको हो । ताल सरसफाइका लागि समितिले रु दुई लाख बजेट छुट्याएको छ ।

त्यहीँ बजेटबाट समितिले काम थालेको हो । डुङ्गा चलाउन कागजी प्रक्रिया अन्तिम चरणमा रहेकाले एक साताभित्रै ताल सफा गरिसक्ने तथा लगत्तै डुङ्गा चलाउन सहज हुने वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

पाँच वर्षका लागि डुङ्गा चलाउन आवश्यक प्रक्रियागत काम अन्तिम चरणमा पुगेको र सम्भवतः फागुन दोस्रो सातादेखि डुङ्गा चलाइने उनले बताइन् । नगर प्रमुख ढकालले झार हटाउने कार्यले तालको संरक्षणसँगै यसको आकर्षण र महत्व बढ्ने बताइन् ।


उनले भनिन्, ‘बुलबुले सुर्खेतको मुख्य चिनारी हो, यसको व्यवस्थित विकास गरेर ढुङ्गा सञ्चालन गछौँ ।’ उनले बृहत् गुरुयोजना अनुसारका सबै संरचना निर्माण गरिने जानकारी दिइन् । साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एउटा हो ।

कर्णाली आउने हरेक पर्यटकको रोजाइँमा बुलबुले पनि पर्ने गरेको छ । विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो । बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै सङ्घीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय पर्यटकसँग गर्ने ब्यवहार ठीक भएन : नेता मिश्र

५ फाल्गुन २०८०, शनिबार १५:२३
नेपालगञ्ज : नेपालगञ्जको ब्राण्डिङ गर्न, नेपालगञ्ज कैलाश मानसरोवर, नेपालगञ्ज जनकपुर, नेपालगञ्ज अयोध्याको सहज आवत जावतका लागि बस सेवा, टैक्सी सेवा, हवाई सेवाको लागि पहलहरू भई रहेको छ । सबैको उद्देश्य भारतीय पर्यटक भित्र्याउने हो । अतिथि देव भवको कुरा गर्ने तर भारतीय पर्यटकहरूसंग गर्ने व्यवहार त्यस अनुरुप नगर्ने भन्दै एमालेका […]