नेपालगञ्जमा भिषण आगलागी, ७ बढी फर्निचर पसल जलेर नष्ट

सदरलाइन संवाददाता २६ आश्विन २०८०, शुक्रबार १२:४३
 

नेपालगञ्ज : नेपालगञ्जको बिपी चोक नजिकै आगलागी हुँदा ७ बढी पसल जलेर नष्ट भएको छ ।

नेपालगञ्जको बिपी चोक सुर्खेत रोड आर्या ट्रेडर्स फर्निचर पसलबाट बिहान करिव ४ः४५ बजेतिरबाट आगलागी शुरु भएको बताइएको छ । बागेश्वरी मन्दिर जाने बाटोमा रहेको उक्त पसलबाट सल्केको आगोले ७ वटा पसल जलेर नष्ट भएको छ ।


आगलागी नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाको दुई वटा दमकल र कोहलपुरबाट आएको दमकलले आँसिक निमन्त्रणमा लिएको छ ।

आगलागी भएको टोलमा लस्करै करिब १४,१५ वटा फर्निचरको पसल रहेकोले एकपछि अर्को पसलमा आगो सल्किदै गएका कारण नियन्त्रणमा समय लागेको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए । ‘एउटा पसलमा आँशिक क्षति भएको छ, बाँकी सबै पसल जलेर नष्ट भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका एसपी पनि तानिए

२६ आश्विन २०८०, शुक्रबार १२:४३
नेपालगञ्ज : प्रहरी प्रधान कार्यालयले बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरको सरुवा गरेको छ । उनको ठाउँमा एसपी सुवासचन्द्र बोहरालाई पठाएको छ । बाँकेमा केहि दिनअघि हिन्दू–मुस्लिम वीच सद्भाव विग्रिएको थियो । शान्ति सुरक्षामा चुकेपछि कारवाही स्वरुप एसपी राठौरलाई हटाइएको प्रहरी स्रोतले जनाएको छ । त्यसैगरी, सर्लाहीका प्रहरी […]

सम्बन्धित