नेपालगन्जमा सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण शिविर

६ असार २०७५, बुधबार १९:५२
 

सदरलाइनडटकम,
नेपालगन्ज : नेपालगन्ज उप–महानगरले एक हप्ते सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण शिविर सञ्चालनमा ल्याएको छ ।
एनिमल नेपाल र जिल्ला पशु सेवा कार्यालय बाँकेको सहकार्यमा नेपालगन्ज उप–महानगरपालिकाले बुधबारदेखि एक हप्ते बन्ध्याकरण शिविर गरेको हो ।
शिविरमा पहिलो दिन दुई दर्जन कुकुरको बन्ध्याकरण गरिएको नेपालगन्ज उप–महानगरपालिकाका पशु सेवा शाखा प्रमुख तथा पशु चिकित्सक डा.अपार पौडेलले जानकारी दिए । उनले एक सातामा दुई सय बढी कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको बताए । सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न कै लागि एनिमल नेपालको स्पेसल टिम काठमाडौंबाट नेपालगन्ज झिकाइएको छ । सो स्पेसल टिमले नगरमा भएका सामुदायिक कुकुरहरुलाई जालीको सहाराले छोपेर भेटेनरी एम्बुलेन्समा राखी एक दिन आराम गर्न दिएर बन्ध्याकरण गराइने गरिएको डा.पौडेलले बताए ।
शहरमा छाडा कुकुरको सङख्यामा कमि ल्याई रेविज रोग नियन्त्रण गर्ने प्रयास स्वरुप बन्ध्याकरण गरिएको पौडेलले बताए । हाल नेपालगन्ज क्षेत्रमा एक हजार बढी सामुदायिक (छाडा) कुकुरको रहेको उप महानगरपालिकाको अनुमान छ । 

Next Post

कोरियनपुरको आधा भागमा बिहानदेखि बिजुली छैन

६ असार २०७५, बुधबार १९:५२
सदरलाइनडटकम ७ असार, नेपालगन्ज :  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२कोरियनपुरको एक भागमा बिहानदेखि काटिएको बिद्युत अहिलेसम्म आएको छैन । गर्मी गर्मीमा लामो समय बिद्युत सेवा अवरुद्ध भएपछि त्यसक्षेत्रका सर्बसाधारण निकै मर्कामा परेका छन् । उनीहरु गर्मीबाट आत्तिएका छन् । बिहान ७ बजेदेखि गएको बिद्युत अहिलेसम्म नआउँदा निकै समस्या गरेको स्थानीयबासिन्दाले […]