बाँके–बर्दियाका व्यवसायीले उद्योगको साँचो सरकारलाई बुझाउने

सदरलाइन संवाददाता २७ मंसिर २०८०, बुधबार १४:३९
 

नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाइमा आन्दोलनरत बाँके, बर्दियाका व्यवसायीले उद्योग,प्रतिष्ठानको साँचो सरकारलाई बुझाउने चेतावनी दिएका छन् ।

दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै बुधवार व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिले यस्तो घोषणा गरेको हो । समिति संयोजक टंकबहादुर धामीले संघर्षका कार्यक्रम घोषणा गर्दै आफ्ना मागहरु पुरा नभए उदोगी,व्यवसायीले उद्योग प्रतिष्ठानहरुमा ताला लगाएर सरोकारवाला निकायलाई चावी (साँचो) बुझाई कठोर आन्दोलन गर्ने चेतावनी दिए ।


त्यसपूर्व समितिले पौष २९ गते जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुमा आमसभा तथा आन्दोलनको तयारीका लागि भेटघाट, पौष ७ गते बृहद व्यवसायिक सभा पूर्व कोहलपुर, बासगढी, गुलरियामा कोणसभा गर्ने कार्यक्रम रहेको धामीले बताए ।

पौष ५ गते नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय, जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय, भन्सार कार्यालय, वाणिज्य बैंकहरुसंग सरोकारवाला संघ, संस्था र व्यवसायीहरु बीच व्यवसाय तथा व्यवसायिक उत्थान कार्यक्रम चलाउने र नेपाल राष्ट्र बैंक नेपालगञ्ज अगाडी धम्वोझीचोकमा बृहद् व्यवसायिक आमसभा गर्ने घोषणा गरिएको छ । यति गर्दा पनि माग सुनुवाई नभएर उद्योग प्रष्ठिानमा ताला लगाएर सांचो सरकारलाई बुझाउने निर्णय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘नेपालगञ्जका क्यासिनोमा नियम बिपरित काम भएको छैन’

२७ मंसिर २०८०, बुधबार १४:३९
नेपालगञ्ज : भारतीयलाई लक्षित गरी नेपालगञ्जलगायत सीमावर्ती सहरमा बग्रेल्ती क्यासिनो खुलेका छन् । यी क्यासिनोमा नेपाली नागरिकलाई जानु कानुनतः निषेध छ । तर कानुनको खिल्ली उडाउँदै नेपाली नागरिक यस्ता क्यासिनोमा जाने गरेका र त्यसरी क्यानिसो छिरेका नेपाली घरबारबिहिन भएका खबरहरु सार्वजनिक भइरहेका बेला बाँकेको प्रहरी, प्रशासनले यहाँका क्यासिनोमा कानून बिपरितको […]