भारतीय पर्यटकसँग गर्ने ब्यवहार ठीक भएन : नेता मिश्र

सदरलाइन संवाददाता ५ फाल्गुन २०८०, शनिबार १७:३२
 

नेपालगञ्ज : नेपालगञ्जको ब्राण्डिङ गर्न, नेपालगञ्ज कैलाश मानसरोवर, नेपालगञ्ज जनकपुर, नेपालगञ्ज अयोध्याको सहज आवत जावतका लागि बस सेवा, टैक्सी सेवा, हवाई सेवाको लागि पहलहरू भई रहेको छ । सबैको उद्देश्य भारतीय पर्यटक भित्र्याउने हो ।

अतिथि देव भवको कुरा गर्ने तर भारतीय पर्यटकहरूसंग गर्ने व्यवहार त्यस अनुरुप नगर्ने भन्दै एमालेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्रले स्माजिक संजालमा सुझाव प्रकट गरेका छन् ।

भारतीय पर्यटकहरूसंग सिमामा गर्ने व्यवहारले नेपालगञ्जको ब्राण्डिङमा धेरै अर्थ राख्ने गरेको भन्दै उनले जबसम्म हामी पर्यटक मैत्री प्रहरी र नागरिक हुँदैनौ तबसम्म हाम्रो सबै प्रयास टिकाउ नहुने विचार व्यक्त गरे । यसका लागि प्रहरी, प्रशासन, भन्सार, स्थानीय तह, पर्यटन व्यवसायी, नागरिक समाज, पत्रकारहरूको व्यापक उपस्थितिमा अन्तरक्रिया आवश्यक रहेको उनको भनाई छ ।


पर्यटकहरूसंग सीमामा भई रहेको व्यवहारको अनुगमन गर्ने एउटा सर्वदलीय युवा टोली बनाउन नेता मिश्रले सुझाव दिए ।

सीमामा भई रहेको अव्यवस्था, अनियमितता र अमर्यादित व्यवहारको बिरोध गर्नका लागि युवा टोली आवश्यक भएको भन्दै उनले अनि मात्र नेपालगञ्जको ब्राण्डिङ सफल हुन सक्ने धारणा राखे ।

पर्यटकलाई हेर्ने दृष्टिकोण बदलौ, आवत जावत सहज गरौ, यात्रुहरूको जाँच मर्यादित शैलीमा गरौ, दुःख दिने नियतले नगर्न नेता मिश्रले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

योग समितिको अध्यक्षमा पुनः भट्टराई

५ फाल्गुन २०८०, शनिबार १७:३२
नेपालगञ्ज : योग समिति नेपाल केन्द्रीय कार्यालय नेपालगन्जको तेस्रो साधारण सभा एवं अधिवेशनले सर्व सहमत नयाँ कार्य समिति चयन गरेको छ । नेपालगञ्जमा शनिबार भएको अधिवेशनले योग गुरु गिरिराज भट्टराइलाई पुनः अध्यक्षमा निर्वीरोध निर्वाचित गरेको हो । उपाध्यक्षमा निर्मला शाह र लोकमाया सुवेदी (सुमित्रा)लाई चयन गरेको छ भने सचिवमा चिरञ्जीवी […]