सदरलाइनडटकम,
नेपालगञ्ज : सोमवार बाँकेका थप १ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन । कोरोनामुक्त भई सोमवार ती व्यक्ति घर फर्केका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आइसोलेशन सेन्टर आदर्शनगर नेपालगञ्जबाट नेपालगञ्ज १९ का २० बर्षीय पुरुष कोरोनामुक्त भइ घर गएका हुन् । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ सय ८८ पुगेको छ ।
