नौबस्ता बालसुधार गृहमा स्वास्थ्य शिविर

सदरलाइन संवाददाता ४ फाल्गुन २०८०, शुक्रबार १८:१८
 

नेपालगञ्ज : बालसुधार गृह नौबस्ता बाँकेमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा बाल सुधार गृहमा रहेका बालकहरुको शुक्रबार निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

नौबस्तामा बालसुधार गृह स्थापना भएदेखि अहिलेसम्म स्वास्थ्य जाँच नगराएका बालकहरुले शुक्रबार चिकित्सकसँग आफना समस्याहरु राखे ।

स्वास्थ्य शिबिरमा डाक्टर बिबेक सुनार, आरके झा, अच्युत बिक्रम हमाल, आनन्द कुमार झा लगायतका डाक्टरले स्वास्थ्य जाँच गरेका थिए ।


डेन्टल मेडिसिन, नाककान घाँटी, हाडजोर्नी र छाला तथा यौन रोगको स्वास्थ्य जाँच गरियो ।

यस्तै शुक्रबारनै नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेशको आयोजनामा शिक्षण अस्पतालको सहयोगमा जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुवँरले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा ‘म्यूजिक फर हार्मोनी’ हुने

४ फाल्गुन २०८०, शुक्रबार १८:१८
नेपालगञ्ज : यही फागुन २६ गते शनिवार नेपालगञ्जमा ‘म्यूजिक फर हार्मोनी’ (सद्भावका लागि संगीत) कार्यक्रम हुने भएको छ । अन्तरालको व्यवस्थापनमा गर्न लागिएको नेपाल कल्चर फेस्टिवलको अवसर पारेर उक्त कार्यक्रम गर्न लागिएको हो । म्यूजिक फर हार्मोनीकालागि राष्ट्रिय अन्तराष्ट्रिय रुपमै ख्यातिप्राप्त व्याण्ड ‘कुटुम्व’ तथा गायिका झुमा लिम्बु र रैथाने व्याण्डले […]