महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा अनेरास्ववियु शाहीसहित प्यानलै विजयी

सदरलाइन संवाददाता ६ चैत्र २०८१, बुधबार १९:३०
 

नेपालगञ्ज  : महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको छ ।

निर्वाचनबाट अध्यक्षमा अनेरास्ववियुका केशर जंग शाहीले ५९९ मत प्रप्तगरी विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्दी अखिल क्रान्तिकारीका हरेन्द्रबहादुर बिकले ५२७ मत प्राप्त गरे भने नेविसंघका सन्तोष रावलले ३६४ र समावेशी प्यानलका निशान थारुले १६० मत प्राप्त गरेका थिए ।


यसैगरी सचिवमा अनेरास्ववियुकै चिरञ्जीवी बुढाले ६६२, कोषाध्यक्षमा सुरेन्द्र रावलले ६९५ मत ल्याएर विजयी भएका छन् । यस्तै सदस्यमा अमिश बिक, वन्दना थारु, अंकित कुमार यादव, टक्क रोकाया, निरज यादव, राजिब साह, शिशिर सुवेदी र गोपाल आउजी विजयी भएका छन् ।

विजयपछि अध्यक्ष शाहीले सबै विद्यार्थीको विश्वास जित्न सफल भएको भन्दै धन्यवाद व्यक्त गर्दै सबैको सल्लाह र सुझाव लिएर क्याम्पसलाई शैक्षिक मैत्री बाताबरण बनाउने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चामुण्डा बिन्द्रासैनीमा शैक्षिक संवाद सम्पन्न

६ चैत्र २०८१, बुधबार १९:३०
दैलेख :  दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरोकारवालाहरुसँग शैक्षिक संवाद कार्यक्रम सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, सहयात्रा परियोजना तथा कर्णाली शिक्षा पत्रकार मञ्चको सहकार्यमा सम्पन्न भएको संवाद कार्यक्रममा चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश कुमार शाही, वडानं.५ का वडा अध्यक्ष […]

सम्बन्धित