नेपालगञ्जवाट ठूलो परिमाणको मोबाइल डिस्प्ले बरामद

सदरलाइन संवाददाता ६ चैत्र २०८१, बिहीबार १९:००
 

नेपालगञ्ज, नेपालगञ्जवाट सशस्त्र प्रहरीले आज बिहान ठूलो परिमाणमा विभिन्न कम्पनीका मोबाइल डिस्प्ले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीवाट खटिएको टोलीले ५७० थान मोबाइल डिस्प्ले बरामद गरेको हो ।

भारतबाट थोरैथोरै संख्यामा ल्याएर भण्डार गरी एकैपटक ठूलो परिमाण बनाएर नेपालगञ्जबाट अन्यत्र लैजाँदै गरिएको अवस्थामा आइफोन, वान प्लस लगायतका स्मार्ट फोनका डिस्प्ले सशस्त्र प्रहरीले बरामद गरेको बताइएको छ ।


बरामद गरिएका एउटा डिस्प्लेको रु ३ हजारदेखि रु ३५ सयसम्म पर्ने गर्दछ । उक्त परिमाण अनुसार सशस्त्र प्रहरीले करीब १७ लाख १० हजार बराबरको डिस्प्ले बरामद गरेको हो ।

बरामद गरिएका डिस्प्ले नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोकतान्त्रिक गणतन्त्रका पक्षमा एमालेद्वारा जनसचेतना, जनप्रदर्शन र विशेष सभा घोषणा

६ चैत्र २०८१, बिहीबार १९:००
काठमाडौं  :  नेकपा (एमाले)ले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ । एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ । तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत […]

सम्बन्धित

ताजा अपडेट