नेपालगञ्जमा ‘म्यूजिक फर हार्मोनी’ हुने

सदरलाइन संवाददाता ४ फाल्गुन २०८०, शुक्रबार १८:२७
 

नेपालगञ्ज : यही फागुन २६ गते शनिवार नेपालगञ्जमा ‘म्यूजिक फर हार्मोनी’ (सद्भावका लागि संगीत) कार्यक्रम हुने भएको छ । अन्तरालको व्यवस्थापनमा गर्न लागिएको नेपाल कल्चर फेस्टिवलको अवसर पारेर उक्त कार्यक्रम गर्न लागिएको हो । म्यूजिक फर हार्मोनीकालागि राष्ट्रिय अन्तराष्ट्रिय रुपमै ख्यातिप्राप्त व्याण्ड ‘कुटुम्व’ तथा गायिका झुमा लिम्बु र रैथाने व्याण्डले पहिलो पटक सहकार्य गर्दैछन् । ‘कुटुम्ब’ले नेपाली लोक बाजाहरुको प्रवद्र्धन, अनुसन्धान र संरक्षणलाई प्रमुखता दिई नेपाली लोकधुनहरुलाई नेपाल मात्र होईन, संसारका धेरै देशका सांगीतिक मञ्चहरुमा प्रस्तुत गरिसकेको छ ।

नेपाली लोक वाजा र धुनहरुलाई नयाँ पुस्ता माझ पुर्याउन कुटुम्बको ठूलो भूमिका छ । पुराना नेपाली लोक गीतहरुको धुनलाई पूर्णतः लोकबाजावाटै प्रस्तुत गरेर कुटुम्बले नयाँ पुस्ताका दर्शकहरुलाई पनि जुरुक्कै उचाल्ने गरेको छ । गायिका झुमा लिम्वु ‘ भर्सटाईल ’ गायिका हुन् । नेपाली रैथाने संगीतमा गहिरो अध्ययन गरेकी झुमाले विदेशी भूमिमा धेरै प्रस्तुति दिएकी छन् ।


‘म्युजिक ट्रयाक’मा गीत नगाउने पहिचान बनाएकी लिम्वुले विदेशी र स्वदेशी संगीतकर्मीहरुलाई समेटेर ‘रैथाने’ व्याण्ड मार्फत काम गरिरहेकी छन् । सुदूर पश्चिमको देउडा देखि विभिन्न भाषा भाषीका गीत, पूर्वको लिम्वु संस्कृतिको पालाम सम्म आफ्नो स्टेज प्रस्तुतिमा समेट्ने गरेकी झुमा लिम्वु चलचित्रका गीत र पार्श्व गायनमा समेत सक्रिय छन् । झुमा सहितको टिमले नेपाली मौलिक बाजाहरुको अध्ययन गर्ने क्रममा आफैले केही नयाँ बाजाहरु वनाएका छन् ।

‘देशै भरको संस्कृति एकै ठाउँमा झल्काउने गरि आयोजना गरिएको नेपाल कल्चर फेस्टिवल को तयारी तीब्र पारिएको छ’– अन्तरालका कार्यक्रम संयोजक गणेश राईले भने – ‘म्यूजिक फर हार्मोनीले नेपालगञ्जवाट संसारलाई सद्भावको सन्देश दिनेछ । नेपालगंज रंगशालामा हुने यस कार्यक्रमको टिकट विक्री केही दिनमै शुरु हुनेछ भने विद्यार्थीलाई विशेष सहुलियत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हरेक नागरिकले योग गर्नुपर्ने : मन्त्री नमुना

४ फाल्गुन २०८०, शुक्रबार १८:२७
नेपालगञ्ज : लुम्बिनी प्रदेशकी सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले योग विज्ञान जीवनोपयोगी भएकाले हरेक नागरिकले योग गर्नुपर्ने बताएकी छन् । योग समिति नेपालको साधारणसभा एवम् तेस्रो अधिवेशनको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै मन्त्री नमुनाले अस्वस्थकर जीवनशैली बढ्दै गएको सन्दर्भमा हरेक नागरिकलाई योगमा जोड्न जरुरी रहेको बताइन् । योग विज्ञान मानव […]