हुलाकी सडकको काम सुरु भएको ८ महिनामा १३ प्रतिशत काम सकियो

२८ आश्विन २०७४, शनिबार १७:५४
 

सदरलाइनडटकम
२८ असोज, नेपालगन्ज : नेपालगन्ज–बघौडा हुलाकी सडक निर्माण कार्य सुरु भएको आठ महिनामा विभिन्न अवरोध पन्छाउदै समग्रमा १३ प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।
सो सडकको निर्माणको जिम्मेवारी लिएको गणपति कन्सट्रक्सनका बाँके बर्दिया फिल्ड ईन्चार्ज ईन्द्र केसीले काम सुरु गरेको आठ महिनामा करिव ४० दिन काम अवरुद्र हुँदा पनि १३ प्रतिशत काम समग्रमा सम्पन्न गर्न सकेको जानकारी दिए ।
नेपालगन्जदेखि बघौडासम्मको सो सडक निर्माणको ठेक्का लिएको पप्पु लुम्बिनी जे भी काठमाण्डौले ३० महिनामा निर्माण पुरा गर्ने सम्झौता गरेर गत चैत्र १५ देखि गणपती ग्रुप अफ कन्ट्रक्सनसंग सव कन्ट्रायक्ट गर्दै निर्माण कार्य सुरु गरेको भए पनि कार्य क्षेत्रमा कामगर्ने बाताबरण नभएको उनीहरुको गुनासो छ ।
साईड ईन्चार्ज केसीले बघौडा देखि फत्तेपुरसम्म ३० किलोमिटर बाटोमध्य २६ किलो मिटर माटो फिलिङ्ग गरि सकेको, त्यसैमध्ये ९ किलोमिटर ग्रावेल गरि सकिएको, १५ वटा कल्र्भट निर्माण गरि सकेको, पुष्पलाल चोक बसपार्कमा दुबै तर्फ ७ सय मिटर ड्रेन निर्माण गरि सकेको जानकारी दिए ।
उनले भने–‘मेटेरियल, जनशक्ति र गरेको कामको अवस्था हेर्ने हो भने भौतिक रुपमा २५ प्रतिशत भन्दा बढी काम भएको छ । तर, सबै कामको एभरेज निकाल्दा १३ प्रतिशतमा सिमित भएका छौं ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विभिन्न सचेतनाका कार्यक्रमका साथ बाँकेमा कण्डम दिवस मनाईयो

२८ आश्विन २०७४, शनिबार १७:५४
सदरलाइनडटकम  २८, असोज, नेपालगन्ज : दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौ भन्ने नाराका साथ यो वर्षको कण्डम दिवस विभिन्न कार्यक्रका साथ मनाईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँके र स्वास्थ्यको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाहरुले कण्डमको प्रयोगले हुनसक्ने विभिन्न यौन रोग र एचआभि एड्सको संक्रमणबाट जोगिने सहज हुने जस्ता सचेतनाका कुराहरु […]