चामुण्डा बिन्द्रासैनीमा शैक्षिक संवाद सम्पन्न

सुरेन्द्र शाही ६ चैत्र २०८१, बुधबार १९:४५
 

दैलेख :  दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरोकारवालाहरुसँग शैक्षिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, सहयात्रा परियोजना तथा कर्णाली शिक्षा पत्रकार मञ्चको सहकार्यमा सम्पन्न भएको संवाद कार्यक्रममा चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश कुमार शाही, वडानं.५ का वडा अध्यक्ष हस्त प्रसाद शर्मा, जनता मावि बस्तेकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर कार्की, हिमालय मावि तिजकोडाँडाका प्रधानाध्यापक हर्कबहादुर बिक वक्ता रहेको कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका लागि खुल्ला बहश भएको थियो ।

नगर प्रमुख शाहीले कार्यक्रम बोल्दै आफु चामुण्डा विन्द्रासैनीमा रहेका विद्यालयको गुणस्तर सुधारको लागि सधै लागि परेको बताएका छन् । विद्यालयमा वित्तिय समानिकरण अनुदानबाट शिक्षकहरुलाई तलब भत्ता खुआउदा आएको कानुनी समस्या कारण विद्यालयमा समस्या आएको बताउदै योे समस्यालाई समाधान गर्न सिगो नगरपालिका लागि परेको बताए ।


नगरपालिकाको आन्तरिक आम्दानी न्यून रहेकाले नगर करार दरबन्दिका शिक्षकलाई व्यवस्थापना गर्न समस्या आएको बताउदै चामुण्डा विन्द्रासैनी नगरपालिकामा शिक्षा गुणस्तर कायम गर्न विद्यालय मर्ज नै उपयुक्त समाधान भएकाले मर्ज बारेमा अध्ययन भै रहेको बताएका छन ।

खुल्ला बहशमा उठेका प्रश्नहरुको उत्तर दिदै उनले आर्थिक वर्ष ०७८।०७९मा किनिएको स्यानिटरी प्याडको व्यवस्थापनमा आएको समस्याले गर्दा दुई आर्थिक वर्षसम्म स्यानिटरी प्याड खरिद गर्न नसकिएकोमा तत्कालै प्याड खरिद गर्न लागिएको, त्यसैगरि नक्कली विद्यार्थीहरु तथा बन्द रहेका बालविकास सञ्चालनमा समेत आफ्नो ध्यानार्कषण भएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै हिमालय मावि तिजकोडाँडाका प्रधानाध्यापक हर्क बहादुर बिकले शिक्षाको गुणस्तर सुर्धन स्वयम् शिक्षक जिम्मेवार बन्नु पर्ने बताए । सामुदायिक विद्यालय अध्यनरत विद्यार्थीका अभिभावक समेत आफ्ना बालबालिका प्रति जवाफदेही नबन्दा शिक्षाको गुणस्तर सुधार गर्न गाह्रो भएको तथा कामको शिलशिलामा भारत जाने र परिक्षाको समयमा मात्र विद्यालयमा आउने गर्दा झन गुणस्तर खस्केको बताए ।

विन्द्रासैनी मावि विन्द्रासैनीका बाल क्लवका अध्यक्ष पुजा ढकालको अध्यक्षतामा भएको कार्यक्रम कर्णाली शिक्षा पत्रकार मञ्चका अध्यक्ष कलेन्द्र सेजुवालले सहजिकरण गरेका थिए भने कार्यक्रममा राजनैतिक दलका प्रमुखहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ, शिक्षक लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पहिलो दिनको परीक्षा शान्तपूर्ण

६ चैत्र २०८१, बुधबार १९:४५
नेपालगञ्ज : बिहीवारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइईको पहिलो दिनको परीक्षा बाँकेमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय ईकाई बाँकेका प्रमुख धनसुदन चौलागाईले बाँकेमा यो वर्ष नियमिततर्फ ८ हजार २ सय ४१ र २ हजार १ सय ७२ गरी १० हजार ४ सय १३ […]